Bagmati Samachar Logo

माधव नेपाललाई चिनियाँ विश्व विद्यालयको मानार्थ प्रोफेसर उपाधी

१७ असोज ।
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले मानार्थ प्राध्यापकको उपाधी पाएका छन् ।
चीनको प्रसिद्ध थ्री गर्जेज विश्व विद्यालयले नेपाललाई मानार्थ प्राध्यापकको उपाधीले सम्मान गरेको छ।चीन भ्रमणमा रहेका नेपाललाई चिनियाँ कम्युनिष्ट पार्टीका सचिव तथा थ्री गर्जेज विश्व विद्यालयका पूर्व अध्यक्ष लि जियालिनले मानार्थ प्राध्यापकका साथै भिजिटिंग प्रोफेसरको उपाधी प्रदान गरेका हुन् । चीन भ्रमणमा रहेका नेता नेपाल शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको छ