Bagmati Samachar Logo

दर्शन के हो ? कम्युनिस्टहरुको दर्शन कुन हो ?

रामराज रेग्मी
परिभाषाः

२९ पुस । काठमाडौं । मानव जातिलाई संसारमा घट्ने विविध घटनाले आदिम कालदेखि नै जिज्ञासु बनाएको थियो । हुरी बतास, वर्षा खडेरी, जाडो गर्मी, उज्यालो अँधेरो, भूकम्प ज्वारभाटा, चट्याङ असिना आदि कुराहरूले मानिसलाई कुत्कुत्याउँदै ल्याएको थियो ।

आदिम कालदेखि नै मानिसले विभिन्न प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै थिए । वेदमा आदिम आर्यहरूले संसारिक घटनाक्रमहरूलाई लिएर प्रश्न सोध्ने गरेको, जिज्ञासा देखाएको, संशय गरेको आदि दृष्टान्तहरू भेट्टिएका छन् ।

मानिस र पशुपन्छी जन्मने र मर्ने, सूर्य उदाएपछि उज्यालो हुने, अस्ताएपछि अँधेरो छाउने, दिउशो निर्मल स्वच्छ भइरहेको आकाशमा एक्कासी बादल देखापर्ने, हेर्दाहेर्दै गड्याङ् गुडुङका साथ बिजुली चम्कने र पानी पर्ने, कहिले निकै धेरै पानी परेर बाढी आउने त कहिले खडेरी परेर भइरहेका पानीका स्रोत कुवा, पोखरी, खोलानाला सबै सुक्ने आदि घटनाक्रमहरू आदिम आर्य गणका निम्ति कौतुहलपूर्ण गतिविधि थिए । तिनलाई अनुभव गरी गणका प्राज्ञिक व्यक्तिले एक खालको धारणा बनाउँथे र फेरि आफ्नै धारणामाथि शङ्का व्यक्त गर्दथे । यस्तै खोजीको क्रममा नै दर्शनको प्रादुर्भाव भएको हो ।
ऋयmचबमभ च्बm च्बव च्भनmष्, ब चभलपलयधल उभबकबलत भिबमभच, अयmmगलष्कत भिबमभच बलम भअयलयmष्कत
लेखक

दर्शन शब्द संस्कृत भाषाको ‘दृश’ धातुबाट बनेको हो जसको अर्थ हेर्नु तथा बुझ्नु भन्ने हुन्छ । अँग्रेजीमा यसलाई एजष्ष्कियउजथ भनिन्छ जसमा दुई शब्द एजष्यिक र क्यउजथ को मिलन छ । एजष्यिक को शाब्दिक अर्थ प्रेम र क्यजउथ को अर्थ विवेक हुन्छ । यसरी संस्कृत भाषाको शाब्दिक अर्थलाई लिँदा दर्शन भनेको कुनै कुरालाई हेर्ने र बुझ्ने सवाल हो भने बुझिन्छ भने अँग्रेजीको शाब्दिक अर्थलाई लिँदा यो भनेको बौद्धिक ज्ञानप्रतिको अभिरुची भन्ने बुझिन्छ । तर दर्शनको परिभाषालाई शाब्दिक अर्थमा सीमित गर्नु उपयुक्त हुँदैन ।

जर्मन शास्त्रीय दार्शनिक हेगेलले दर्शनलाई सत्यको संज्ञान भनेका छन् । एङ्गेल्सले दर्शन भनेको चिन्तन र सत्ताको सम्बन्ध हो भनेका छन् । यहाँ सत्तालाई राजनीतिक शक्तिका रूपमा लिइएको छैन । सत्ता भनेको विश्वको अस्तित्व हो जस अन्तर्गत प्रकृति र समाज पर्दछन् ९किरण, २०६७स् ५० । एङ्गेल्सको यो परिभाषा समय सान्दर्भिक देखिन्छ किनभने चिन्तन र सांसारिक अस्तित्वको सम्बन्ध भएपछि मानिसले जगत्मा विद्यमान वस्तु र पदार्थको एकत्व, जगत्को विकासका नियमहरू, तिनको चरित्र, जगत्को ज्ञान सम्बन्धी सारतत्व र बाटाहरू पहिल्याउन सक्छ ।

दार्शनिक सिद्धान्तहरूस्

वर्गीय समाजमा मानिसहरू विभिन्न वर्गमा बाँडिएका हुन्छन् । मानिस जुन वर्गमा जन्मन्छ, उसको दिमाग र संस्कारमा त्यस वर्गको विचार र दृृष्टिकोणका छाप रहन्छन् । जगत् र त्यसको अस्तित्व सम्बन्धमा मानिसले आफ्नै वर्गीय पृष्ठभूमिका आधारमा आफ्नै वर्गीय हितका लागि सोच बनाउँछ । यस आधारमा अनेक थरिका दर्शनहरू अस्तित्वमा आएका छन् । तिनलाई मोटामोटी रूपमा दुई श्रेणीमा विभाजन गरिन्छ – प्रत्ययवाद र भौतिकवाद । दर्शनहरू हेर्दा भिन्न देखिए पनि सारमा यिनै दुई वर्गीकरणभित्र समेटिन्छन् । इतिहासको सम्पूर्ण अवधिभरि प्रत्ययवाद र भौतिकवादबीच सङ्घर्ष हुँदै आएको छ ।

प्रत्ययवाद

पदार्थ र चेतनामा पहिलो कुन हो रु यो संसार जान्न बुझ्न सकिने छ कि जान्न बुझ्न नसकिने रहस्यमय छ रु यी प्रश्नको उत्तरबाट मानिसको दृष्टिकोण के कस्तो छ भनी बुझ्न सकिन्छ । जुन दर्शनले चेतनालाई पहिलो वस्तु र पदार्थलाई दोस्रो उपजका रूपमा लिन्छ, त्यसलाई प्रत्ययवाद भनिन्छ । त्यसले भौतिक पक्षलाई भन्दा विचार पक्षलाई महत्त्व दिन्छ । त्यसले मानिस लगायत सबै जीव जन्तुहरू विचार अथवा अलौकिक शक्तिको परिचालनका कारण क्रियाशील भएका हुन् भन्दछ । त्यसले ‘ब्रह्म सत्यम् जगन् मिथ्या’ अथवा यो जगत् झूटो हो र एक मात्र सत्य ब्रह्म हो भन्दछ । अँग्रेजीमा यस दर्शनलाई क्ष्मभबष्किm भनिन्छ ।

अक्सर क्ष्मभबष्किm लाई नेपालीमा आदर्शवाद भनिएको छ । क्ष्मभब िका दुई अर्थ छन् – आदर्श ९उचित० र मानसिक प्रतिरूप ९विचार० । पश्चिमी परिवेसमा क्ष्मभबष्किm लाई मानसिक प्रतिरूपको अर्थमा ग्रहण गरिएको छ । तर सबैभन्दा पहिले भारतीय विद्वानहरूले क्ष्मभब िको अर्थ आदर्श लगाएर क्ष्मभबष्किm लाई आदर्शवाद भनी लेख र ग्रन्थहरू लेखेकै कारण त्यसको गलत छाप हामीकहाँ परेको छ । आदर्शवादको नामाकरणले पूर्वीय दर्शनको क्षेत्रमा भ्रम सृजना गरेको छ । जुन दर्शनले वास्तविक जगत्लाई बुझ्न नसकिने र रहस्यमय मान्दछ र चेतनाले पदार्थलाई सृष्टि गरेको हो भन्दछ, त्यसलाई आदर्शवाद भनिएको छ, जुन शब्द उपयुक्त देखिन्न । त्यसकारण चेतनालाई अथवा मानसिक प्रतिरूपलाई महत्व दिने दर्शनलाई प्रत्ययवाद भन्दा उपयुक्त देखिन्छ ।

प्रत्ययवाद विज्ञान विरोधी दर्शन हो जसले धर्मको आड लिएर मानिसमा अन्धविश्वास फैलाउँछ । त्यसले मानिसलाई ईश्वर नै सम्पूर्ण ब्रह्माण्डको केन्द्रविन्दु हो भन्ने ठाउँसम्म पनि पुर्‍याउँछ । यस अर्थमा प्रत्ययवाद धार्मिक अध्यात्मवाद पनि हो । जुन बेला हाम्रा आदिम पुर्खाहरू बर्बर अवस्थामा थिए र जतिखेर तिनको सोचाइ निम्न स्तरमा थियो त्यतिखेरको अज्ञानता र अन्धविश्वासको प्रतिफल प्रत्ययवाद हो । पछिल्लो अवधिमा समाजमा थिचोमिचो गर्ने वर्गले बाहिरी आवरणमा सुधार गर्दै त्यसलाई आफ्नो वर्गीय दृष्टिकोण मानी संरक्षण र उपयोग गर्दै आएको छ । वर्गीय समाजमा थिचोमिचो गर्नेकै बोलावाला भएकाले शोषित वर्गका मानिसहरू अज्ञानताका कारण यसको प्रभावमा परेका छन् ।

भौतिकवादः

जुन दर्शनले पदार्थ आदि तत्व हो र यसबाट चेतनाको जन्म भएको हो भनी मान्दछ, त्यसलाई भौतिकवाद भनिन्छ । भौतिकवादले चेतनालाई बाहिरी वस्तुहरूको मष्तिष्कमा हुने परावर्तन मान्दछ । मानव मस्तिष्क जहाँबाट चेतनाको उत्पत्ति हुन्छ, स्वयं पदार्थको उच्चतम विकासको परिणाम होे । एङ्गेल्स भन्दछन्, “हाम्रो चेतना र विचार जतिसुकै उच्च कोटीको भए पनि भौतिक जगत्कै उपज हुन् । स्टालीन भन्दछन्, “पदार्थ विचारको उपज होइन, विचार नै पदार्थको उपज हो ।” ९क्तबष्लि, ज्ञढठट स् डद्धट०।

भौतिकवादीको दृष्टिमा पदार्थ अनन्त छ र यसको सृष्टिमा कसैको हात छैन । पदार्थ अनादि कालदेखि अस्तित्त्वमा रहँदै आएको छ । भूगोलबेत्ताहरूको अनुसन्धानबाट यो तथ्य प्रमाणित हुन्छ । उनीहरू भन्दछन् कि सुरुमा पृथ्वी निकै उष्ण विशाल आगाको गोलाको रूपमा थियो । । पछि सेलाउँदै गयो र सयौँ वर्षको अन्तरालपछि सेलाएको पृथ्वीबाट वायु र त्यसपछि वर्षाको उत्पत्ति भएपछि यो वनस्पति र प्राणी जगत्का लागि बस्न योग्य बन्यो । पहिले त निम्न स्तरका जीवजन्तुको उत्पत्ति भयो र ती उच्च स्तरमा विकसित हुँदै गएपछि सबैभन्दा पछि मानिस देखापर्‍यो र उसको मतिष्कसँगै चेतनाको उत्पत्ति भयो । यसबाट के प्रमाणित हुन्छ भने चेतनाको उत्पत्ति हुनुपूर्व पदार्थ थियो । पदार्थकै गति र त्यसले हाम्रो मस्तिष्कमा पारेको छापको परिणामस्वरूप चेतनाको उत्पत्ति भएको हो ।

भौतिकवादी दर्शन अनुसार मानिसको बुद्धि विवेकले जगत्लाई बुझ्न सक्छ, त्यसले भौतिक वस्तुहरूको प्रकृति र सारतत्वलाई केलाउन सक्छ । भौतिकवादीहरू के ठान्दछन् भने मानव स्वभाव, जनताको दृष्टिकोण र जीवन पद्धति सबै भौतिक वातावरणकै प्रतिफल हुन् र यदि मानिसलाई बदल्नु छ भने सामाजिक अवस्था र वातावरणमा परिवर्तन ल्याउनु पर्दछ । प्रत्ययवादीहरू मानव समाजमा भएको गुणात्मक परिवर्तन अथवा एउटा उत्पादन पद्धति भएको समाज अर्को उत्पादन पद्धति भएको समाजमा रूपान्तरित हुने प्रक्रियालाई प्रभुको खेल र प्रलयका रूपमा लिन्छन् । तर भौतिकवादले तिनलाई ऐतिहासिक विकासको परिणामका रूपमा लिन्छ ।

इतिहासको भौतिकवादी विश्लेषण अनुसार उत्पादन सम्बन्ध र उत्पादक शक्तिको अन्तर्सम्बन्ध र अन्तर्सङ्घर्षका कारण नै जङ्गली आदिम साम्यवादी समाज दाससमाजमा, दाससमाज सामन्तवादमा र सामन्तवाद पूँजीवादमा रूपान्तरित भएका हुन् । त्यसो भएकाले समाजको अध्यात्मिक जीवन, सामाजिक विचार, सामाजिक सिद्धान्तहरू, राजनीतिक विचारहरू र राजनीतिक संस्थाहरूको स्रोत, विचार, सिद्धान्त, दृष्टिकोण र राजनीतिक अवधारणामा खोज्न हुँदैन, समाजको भौतिक जीवनमा खोजिनु पर्दछ ९क्तबष्लि, ज्ञढठट स् डद्धढ० ।

भौतिकवादीहरूको दृष्टिमा मानिसले भौतिक परिस्थितिकै जानकारी र अनुभवका आधारमा ज्ञान प्राप्त गर्न सक्दछ । जिउनका लागि सङ्घर्ष गर्नु पर्ने आवश्यकताले गर्दा मानिसले पदार्थ र त्यसका नियमहरू पत्ता लगाउन सकेको हो । सामाजिक उत्पादन जति मात्रामा बढ्दै जान्छ, उति नै प्रकृतिका रहस्यहरू खुल्दै जान्छन् र भौतिकवादी दर्शनको समृद्धि हुँदै जान्छ । शोषित वर्ग राजनीतिक रूपमा सचेत हुँदै आएपछि त्यसले आफ्नो वर्गीय हितका लागि भौतिकवादलाई समातेको छ र त्यसपछि इतिहासको सम्पूर्ण अवधिभरि प्रत्ययवाद र भौतिकवादबीच सङ्घर्ष हुँदै आएको छ । यी दर्शनहरू दुबै थरी वर्गको वैचारिक हतियार भएकाले वर्गको उन्मूलन नभइन्जेल अस्तित्वमा रहन्छन् ९त्कभतगलन, द्दण्घड स्द्द० ।

प्रत्ययवादका तुलनामा भौतिकवाद प्रगतिशील भए पनि सबै खालका भौतिकवादी सोचहरू समाजका लागि उपयोगी छैनन् । त्यसो भएकाले भौतिकवादमा पनि कुन चाहिँ जनताको हितमा छ र कुन छैन, यसबारे गहिरो जानकारी हुनु आवश्यक छ । दार्शनिक दृष्टिकोणबाट भौतिकवादलाई तीन भागमा वर्गीकरण गरिएको छ – यान्त्रिक भौतिकवाद, अधिभूतवाद र द्वन्द्वात्मक भौतिकवाद ।

यूरोपमा जुनबेला अन्धाधुन्ध रूपमा मेशिनको प्रयोग भयो र त्यसमा विभिन्न प्रकारका यन्त्रहरू जडान हुन थाले, त्यस परिवेशले त्यतिखेर उद्योगका क्षेत्रमा लम्केका उद्यमी व्यवसायीहरू र तिनको पक्षपोषण गर्ने बुद्धिजीवीहरूको सोचाइमा प्रभाव पार्‍यो । तिनले प्राकृतिक घटनाहरूलाई यन्त्र जस्तै ठानेर व्याख्या विश्लेषण गर्न थाले । तिनको सोचाइ के भयो भने यस संसारमा घट्ने सबै घटनाहरू मानिसले दम दिएर चल्ने घडी झैँ कुनै बाह्य शक्तिले सञ्चालन गरेपछि चलेका हुन् । तिनले प्राकृतिक घटनाहरूलाई गतिशील त माने, तर उक्त गति आन्तरिक कारणले पैदा भएको हो भन्ने कुरा बुझेनन् । आकाशीय पीण्डहरू कुनै शक्तिले एक पटक चलाएका कारण तिनमा गति पैदा भएको हो र ती चक्राकारमा घुमिरहेका छन् भन्ने भ्रम तिनको मनमा पर्‍यो । यस प्रकारको यान्त्रिक सोचाइलाई ‘यान्त्रिक भौतिकवाद’ ९ःभअजबलष्कतष्अ ःबतभचष्बष्किm० भनिन्छ । यस दर्शनले विचार पक्षलाई भन्दा कार्य पक्षमा ध्यान दिन्छ । यान्त्रिक भौतिकवादीहरू आजभोलि पनि पाइन्छन् । तिनले पदार्थ पहिलो हो र पदार्थकै कारण चेतनाको उत्पत्ति भएको भनी स्वीकार गर्दछन्, तिनले धर्म दर्शनको बिरोध गरी पदार्थलाई गतिमान पनि देख्दछन् तर उक्त गति पदार्थभित्रकै आन्तरिक क्रिया प्रतिक्रियाको परिणाम हो भनी मान्दैनन् ।

भौतिकवादको अर्को शाखा ‘अधिभूतवाद’ ९ःभतबउजथकष्अक० हो । त्यस दर्शनले वस्तु जस्तो छ त्यही रूपमा स्थिर भएर रहन्छ र भिन्न प्रकृतिमा बदलिन सक्दैन भनी ठान्दछ । त्यसले वस्तुको रूप पक्ष, आवरण र सतहलाई मात्र देख्दछ, प्रत्येक वस्तुलाई अलग स्वतन्त्र एकाइ ठान्दछ र त्यसलाई अर्कोसँगको अन्तर्सम्बन्धमा बुझ्दैन । त्यसले वस्तुलाई राम्रो नराम्रो, सवल दुर्वल, ठीक बेठीक भनी एउटा पक्षमा मात्र वर्गीकरण गर्दछ ।

त्यसले वस्तुमा परस्पर विरोधी पक्षहरू हुन्छन् र तीमाझ मेलमिलाप र सङ्घर्ष दुबै हुन्छ भन्ने कुरा स्वीकार गर्दैन । त्यो एकलकाटे तथा एक पक्षीय दृष्टिकोण हो । त्यसले रुखलाई देख्दछ तर जङ्गललाई देख्दैन । खगोलीय पीण्डहरूको गतिको सवालमा त्यसले तिनको सरल स्थानान्तरणलाई मात्र देख्छ र वस्तुहरूको गतिको सवालमा त्यसले तिनमा हुने साधारण बृद्धि र क्षयलाई मात्र लिन्छ ।

उदाहरणका लागि अधिभूतवादले युद्धलाई हत्या हिंसा र क्षतिको अर्थमा बुझ्दछ । अधिभूतवादीहरूको निम्ति युद्ध भनेको सदैव नराम्रो कुरा हो किनकि त्यो रक्तपातपूर्ण हुन्छ । तर युद्धका नकरात्मक र सकरात्मक दुबै पाटाहरू हुन्छन् । यदि युद्धले समाजलाई अग्रगामी दिशामा रूपान्तरण गर्दछ भने त्यो राम्रो हुन्छ र यदि त्यसले समाजलाई पछि धकेल्छ भने त्यो नराम्रो हुन्छ । यदि शोषित र उत्पीडित वर्गले न्यायका लागि युद्ध लड्छ भने त्यसलाई समर्थन गर्नुपर्छ । अर्कोतिर साम्राज्यवादी शक्तिहरूले स्रोतसाधन कब्जा गर्न पिछडिएका देशमा युद्ध थोपर्छन् भने त्यो नराम्रो कुरा हो र त्यसको विरोध गर्नु पर्दछ ।

‘द्वन्द्वात्मक भौतिकवाद’ ९म्ष्भिअतष्अब िःबतभचष्बष्किm० आधुनिक भौतिकवाद हो । यसका दुई पाटा छन् – द्वन्द्ववाद र भौतिकवाद । जसरी हाइड्रोजन र अक्सिजन मिलाएर पानी बन्दछ उसरी नै द्वन्द्ववाद र भौतिकवादको संयोग गरी यो दर्शन अस्तित्त्वमा ल्याइएको हो । प्रकृतिमा जुन वस्तु देखिन्छ, त्यो देखिएको अवस्था र आकारमा सधैँ रहिरहन्न, परिवर्तन र गतिको अवस्थामा हुन्छ भन्ने मान्यता अघि सार्ने हुनाले यसलाई द्वन्द्ववादी भनिएको हो ।

यसले कुनै पनि घटनालाई अन्य घटनासँग सम्वन्धित वनाई गतिशील रूपमा हेर्दछ । यसले प्रत्येक वस्तुलाई वरपरका अनगिन्ति वस्तुहरूसँगको अन्तर्सवन्ध र अन्तक्रियामा बुझ्दछ । यो दर्शन यस अर्थमा भौतिकवादी हो कि यसले पदार्थलाई चेतनाभन्दा अलग स्वतन्त्र वस्तु ठान्दछ र वस्तुगत जगतबाट नै चेतनाको उत्पत्ति भएको हो भन्दछ ।

यसले प्रकृति र त्यसको विकासलाई जान्न र बुझ्न सकिने ठान्दछ र कुनै पनि वस्तु इन्द्रीयको सीमाभन्दा टाढा रहस्यको स्थितिमा रहेको विश्वास गर्दैन । मार्क्स के भन्दछन् भने भौतिक संसारको सत्ता एउटा वैज्ञानिक वास्तविकता हो जुन हाम्रो मनभन्दा वाहिर र त्यसवाट स्वतन्त्र रूपमा रहेको छ । मार्क्सवादले पदार्थ ९भूत० लाई मूल तत्त्व मान्दछ र त्यसलाई मानिसको विचार संवेदना र कल्पनाको स्रोतको रूपमा लिन्छ । मार्क्स भन्दछन्, “पदार्थले विकासको उच्चतम अवस्थामा मस्तिष्कको रूप धारण गर्दछ जसबाट विचारको क्रिया आरम्भ हुन्छ ।”

द्वन्द्वात्मक भौतिकवाद अनुसार प्रकृतिमा विद्यमान सम्पूर्ण जीव र निर्जीव वस्तुहरू आपसी सम्बन्ध, अन्तक्र्रिया र आत्मनिर्भरताको कारण निरन्तर गतिशील र परिवर्तनशील हुन्छन् । तिनको विकास भनेको तिनको भित्रिया स्व–गतिको कारण हो । वस्तुको विकासको आधारभूत कारण बाहिरिया नभएर भित्रिया नै हुन्छ । कुनै रूख जुनवेला त्यसलाई हामीले नियालेर हेरिरहेका हुन्छौं अथवा फोटो खिच्दछौं निश्चल देखिन्छ । तर गहिरिएर बुझ्दा त्यो सदैव उही रूपमा रहेको हुदैन । त्यसमा भइरहेको परिवर्तन हामी सामान्यतया महसूस गर्न सक्दैनौँ, तर प्रत्येक क्षण त्यसका जरादेखि पात, अङ्ग तथा प्रत्यङ्गमा परिवर्तन भइरहेको हुन्छ । रुख निर्माण गर्ने पुराना कोषहरू नष्ट भइरहेका हुन्छन् भने नयाँ कोषहरू उत्पन्न भइरहेका हुन्छन् । यो प्रक्रिया रुखभित्रकै अन्तर्विरोधहरूले गर्दा हुन्छ ।

द्वन्द्वात्मक भौतिकवादका जननी जर्मन दार्शनिक कार्ल मार्क्स हुन् । युरोपेली मुलुकहरूमा सामाजिक अर्थव्यवस्था हुर्किएर पूँजीवादमा पदार्पण गरेपछि जब वर्ग सङ्घर्ष इतिहासमा अघि कहिल्यै नपुगेको स्तरमा विकसित भयो र जब औद्योगिक सर्वहारा वर्ग जुधारु शक्तिको रूपमा देखापर्‍यो, त्यस बखत मार्क्सले यस सिद्धान्तलाई जन्म दिएका हुन् । उनले संसारको सवैभन्दा उन्नत वैज्ञानिक विचारधारा ठानिएको यो सिद्धान्त आफ्ना घनिष्ठ सहयात्री एङ्गेल्सको सहयोगमा प्रतिपादन गरेका हुन् । अतएव यस दर्शनलाई मार्क्सवाद भनिन्छ । मार्क्सवाद अहिलेसम्म संसारमा देखिएका दर्शनहरूमध्येमा सर्वश्रेष्ठ ठहरिएको छ । समर्थक र विरोधी दुबै थरीले यसलाई शक्तिशाली ठानेका छन् । यसले पूँजीवादी समाजमा सबैभन्दा उत्पीडनमा परेको सर्वहारा वर्ग र अन्य श्रमजीवी जनसमुदायलाई मुक्तिको बाटो देखाएको छ । यसको आलोकमा विश्व संरचनामा निकै हेरफेर भएको छ ।

सन्दर्भ स्रोतः

किरण, मोहन बैद्य, २०६७, मार्क्सवादी दर्शन, प्रगतिशील अध्ययन केन्द्र, काठमाडौँ

क्तबष्लि, व्।ख्।, ज्ञढठट, एचयदझिक या ीभलष्लष्कm, ँयचभष्नल ीबलनगबनभ एचभकक, एभपष्लन