Bagmati Samachar Logo

एकैचोटी ५ नम्बर गेयरमा गाडी कुदाउन सकिँदैनः प्रधानमन्त्री

२ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार विकासको गति बढाउन नसकिएको बताएका छन् ।
सरकार गठनको एक बर्ष पुगेको उपलक्ष्यमा देशबासीका नाममा सम्बोधन गर्र्दै उनले जनताको अपेक्षा तिब्र विकास भएपनि तत्काल त्यसो गर्न नसकिएको बताएका हुन् ।
‘जनताको अपेक्षा विकासको गाडी ५ नम्बर गेयरमा गुडोस भन्ने छ, तर गाडीको गयर एकैचोटी बढाउन सकिदैन, विस्तारै गेयर बढाउनु पर्छ,’ प्रधानमन्त्री ओलीले भने ।उनले केही समय अगाडि आफूले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक तथ्यांकको आलोचना भएको र आफूले प्रस्तुत गरेको तथ्यांक नै सही भएको पनि उनले दाबी गरे ।‘मेरा कुरालाई तथ्यांकमा भन्दा पनि भावनामा सुन्न चाहनेहरुले विभिन्न टिकाटिप्पणी गरे, नेपाल भन्ने देश गरीब, दुःखी नै हुनुपर्छ भन्ने जस्तो गरी कुरा भए,’ प्रधानमन्त्री ओलीले असन्तुष्टि ब्यक्त गर्दै भने ।

उनले देश आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढेको दाबी पनि गरे । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २४सै घण्टा संचालन हुने ब्यवस्था मिलाइएको, आफू नेतृत्वको सरकार बनेपछि विगतदेखि बन्द रहेका ६ वटा विमानस्थल संचालनमा ल्याइएको र पोखरा अन्तराष्ट्रिय बिमानस्थल तोकिएको समयभन्दा अगाडि नै (सन् २०२० सम्ममा) निर्माण सम्पन्न हुने जानकारी दिए ।
उनले यसबीचमा ४१९ उद्योग दर्ता भएको र विदेशी लगानीका ४१६ वटा उद्योग दर्ता भएको पनि बताए ।

https://drive.google.com/file/d/1ejB2nQUtxXtnLBDuO5VPPOh4D9bgsVuU/view