न्यायाधीश जोशीको राजिनामा
७ फागुन । काठमाडौं । संसदीय सुनुवाइ बिशेष समितिबाट अयोग्य ठहर भएका सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजिनामा दिएका छन् ।
जोशीले आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामार्फत राष्ट्रप्रतिसमक्ष राजिनामा वुझाएको सर्वोच्च अदालत श्रोतले जनाएको छ ।
१८ साउनमा संसदीय समितिले कार्यक्षमता अभाव देखाउदै प्रधानन्यायाधीशमा अनुमोदन नगरेपछि उनी कहिले कार्यालय कहिले बिदा वस्दै आएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सवै जिम्मेवारीबाट हटाएपछि भने उनले राजिनामा दिएका हुन ।
संसदीय समितिले अयोग्य भनेपछि उनीभन्दा तल्लो बरियताका न्यायाधीश ओम प्रकाश मिश्रको कार्यकालभर उनी कहिले बिदा र कहिले अफिस बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्: