ताप्लेजुङ हेलिकोप्टर दुर्घटना प्रकरणः ४ सदस्यीय छानबिन समिति गठन
१५ फागुन । काठमाडौं । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका विषयमा छानबिन गर्न ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
नेपाल सरकारको मन्त्री परिषदले निर्णय गरेर पूर्व पर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा सरकारले छानबिन समिति गठन गरेको हो । त्यस्तै सदस्यहरुमा सहायक रथी दिपक प्रसाद बास्तोला, क्याप्टेन प्रमोद लामा र सहसचिव बुद्धिसागर लामिछाने रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जानकारी दिए ।
बुधबार दिउँसो एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
यस्तै सरकारले मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: