रविन्द्रको अन्तिम विदाई पोखरामा
१७ फागुन । काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखराको प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।
श्रद्धाञ्जलीका लागि सयौं पोखरेली प्रदर्शनी केन्द्रमा भेला भएका छन् । काठमाडौंबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा गएका छन्। गण्डकी प्रदेश सरकारका मन्त्रीहरु पनि श्रद्धाञ्जली दिन आएका छन् ।
श्रद्धाञ्जलीको कार्यक्रम सकिएपछि अधिकारीको पोखराको रामघाटमा अन्त्येष्टि गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्: