सहकारीका सदस्यलाई उत्पादनमा लगाउनुसः मन्त्री अर्याल
२० चैत । काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा आवद्ध जनशक्तिलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउनु पर्ने बताइन ।
६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं जिल्ला संघ, काठमाडौं जिल्ला बचत संघ, राष्ट्रिय सहकारी विभाग लगायतका संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीकर्मीहरुलाई यस्तो बताएकि हुन । व्यवसायीक सहकारीलाई मन्त्रालयले प्रोत्साहन स्वरुप अनुदान दिने व्यवस्था गरेको भन्दै अर्यालले सहकारीमार्फत मान्छेको जीवनस्तर सुधार्नका निम्ति आग्रह गरे।
सहकारीमार्फत हामीले मान्छेको जीवनस्तर सुधार्ने हो तपाईहरु त्यसतर्फ लाग्नुसु, मन्त्री अर्यालले भनिन्, सहकारीमा आवद्ध सदस्यलाई सीपमूलक तालिम दिएर व्यवसायीक बनाउनोस्। उनीहरूलाई उत्पादनमा वृद्धि गर्ने कार्यमा लगाउनुस् ।ु
सहकारी अब उद्योग, पर्यटन, कृषिमा जानुपर्ने भन्दै मन्त्री अर्यालले सहकारी आफ्ना सदस्यहरुको जीवन बदल्ने अस्त्र बन्नुपर्ने बताइन ।
मन्त्रालय अहिले सहकारी क्षेत्रको निर्माणको दिशामा रहेको भन्ने उनले अहिले सहकारीको संख्या आवश्यकता भन्दा धेरै भएको गुनासो आइरहेका बेला त्यसको मर्जिङ गर्ने कार्यमा मन्त्रालय अगाडि बढेको उनको भनाइ थियो ।
उनले अहिले भएका सहकारीको संख्यालाई कम गरेर आधाभन्दा कम गरिने समेत बताइन । उनले भनिन्,सहकारीको संख्या अहिले अत्यधिक छ। यसलाई मर्जर गर्ने अभियानमा हामी लागेका छौ । अबको पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडी बढेको छ ।
मन्त्री अर्यालले सहकारी बढी भन्दा बढी गाउँ केन्द्रित हुनुपर्ने बताए । सहकारी शहरमा बढी भए भन्ने आरोप आइरहेका बेला अब सहकारी गाउँकेन्द्रित भएर उत्पादनमा लाग्नुपर्ने उनले बताइन् ।
मन्त्रालयले भर्खरै बजारीकरणको कार्यक्रम शुरू गरेको भन्दै मन्त्री अर्यालले यसलाई काठमाडौं आसपास हुँदै देशैभर बिस्तार गरिने बताइन् । सहकारीलाई उद्योगको लगेर गरिबी न्यूनीकरणका निम्ती प्रमुख कार्य गरिने भन्दै उनले सातै प्रदेशका सबैभन्दा बढी गरिब भएका पालिकाहरूमा गरिब लक्षित कार्यक्रम सञ्चालन गरिने समेत बताइन् ।
एउटा पालिका एउटा सहकारीले जिम्मा लिनेगरी समृद्धिको अभियान सञ्चालन गरिने भन्दै मन्त्री अर्यालले अबको समृद्धिको आभार भनेको सहकारी नै भएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्: