बम आतंक फैलाएर राजनीतिक उद्देश्य प्राप्त हुँदैन, प्रचण्ड
जेष्ठ १३ । विराटनगर — सत्तारुढ नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित सोमबार कुरा गर्दै उनले एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने पनि उल्लेख गरे।राजनीति रुपले राजनीतिक स्थिरता आएकै छ उनले भने, एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन।’
फेरि पनि हिंसाका घटना भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदा दाहालले भने, बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन।’
सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द समूहको गतिविधि अब धेरै अघि नजाने संकेत दाहालले गरे। मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ। उहाँहरु अन्तत वार्तामा आउनुको विकल्प छैन’ उनले भने, शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन।’
प्रतिक्रिया दिनुहोस्: