डेंगुको महामारी फैलियो, ७५ जना अस्पताल भर्ना
जेठ २१ । काठमाडौं । सुनसरीको धरानमा तीन सातादेखि फैलिएको डेंगुले महामारीको रुप लिएको छ । ७५ संक्रमित अस्पतालमा छन्। विरामीको संख्या बढिरहेको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा विजय खनालको रेस्क्यु टोलीको नियन्त्रण प्रयास सफल हुन सकेको छैन।
नियन्त्रणमा प्रयोग गरिएको फगिङ मेसिन ‘अल्फा स्याफर मेथ्रिन’ ले वयस्क लामखुट्टे मरे पनि पानीमा रहेका अण्डा, लार्भा र प्युपामा असर नगरेको टोली सदस्य धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादवले बताए।
प्रतिक्रिया दिनुहोस्: