Bagmati Samachar Logo

रहेनन् अब वरिष्ठ साहित्यकार मदनमणि

३० साउन । काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले आज संसारबाट बिदा लिएका छन् । को ९७ वर्षको उमेरमा आज निधन भएको छ।

गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दिक्षितलाई निमोनिया देखिएको थियो । उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवासमा ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोस फेला परेपछि उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल पुगाइएको थियो । अस्पताल पुगाउदा चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान पाएका थिए। नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशेष योगदान छ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।