Bagmati Samachar Logo

यस्तो छ पहिलो कोराना भाइरस संक्रमितको अनुभव

काठमाडौं । २० चैत । कोरोना भाइरस विश्वभर फैलिएको छ । विश्वको आधा जनसंख्या लकडाउनमा छ । यो भाइरसमाथि नियन्त्रण र रोकथामका लागि अनेक उपायहरु अपनाइँदै छन् ।

कोरोना भाइरस नियन्त्रण गर्न विश्भरिमा ४४ वटा कम्पनीहरु खोन निर्माण बनाउन लागिपरेका छन् । जति मानिस आत्तिएपनि यससँग भाग्न सक्ने अवस्था पनि छैन ।

त्यसकारण मानिसका सामू कोरोना भाइरसको मुकाबिला गर्नुबाहेक अर्को उपाय नै छैन । कोरोना भाइरसको संक्रमण हुने चिन्तामा धेरै मानिसमा त्रास छाएको छ । तर कोरोना भाइरस संक्रमण हुँदैमा मानिसको मृत्यु भइहाल्ने होइन । कोरोना भाइरस संक्रमित धेरै विरामी निको भएर घर फर्किएका छन् । यो क्रम जारी छ ।

भारतको केरल राज्यकी २० वर्षीय एक युवतीलाई कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखियो । गत जनवरी अन्तिममा उनलाई कोरोना संक्रमण देखिएको थियो ।

राफिया ९परिवर्तित नाम० अहिले कोरोना भाइरसको उपचार गरेपछि पूर्ण रुपमा ठीक भइसकेकी छन् । उनी अहिले आफ्नो अनुभव सुनाउदै अरुलाई संक्रमण हुनबाट बच्न सहयोग गरिरहेकी छिन् ।

उनी चीनको वुहान सहरमा मेडिकल शिक्षा लिन गएकी थिइन् । कोरोना भाइरस वुहानबाट फैलिएको थियो । उनी ९ जनवरीसम्म कलेज गइन् । तर २० तारिख सम्म मर्नेहरुको संख्या र विमारीको सख्यामा बढोत्तरी भइसकेको थियो ।

उनले पनि भारत फर्केने निधो गरिन । उनी आफ्नै तरिकाले भारत फर्किइन् । भारतले आफ्ना विद्यार्थी र अन्य नागरिक ल्याउन जहाज चीन पठाउनु भन्दा पहिला नै राफिया भारत आइसकेकी थिइन् । वुहानबाट कलकत्ता विमानस्थल हुँदै उनी कोच्चीबाट घर पुगिन् ।

विमानस्थलमा कुनै लक्षण देखिएन । चीनको वुहानबाट भारतको कलकत्ता विमानस्थल र कोच्ची विमानस्थलमा थर्मल स्क्रिनिङ गर्दा कोराना भाइरसको कुनै लक्षण देखिएन ।

उनले भारतमा पुगेपछि मेडिकल परीक्षण गर्नुपर्छ भन्ने खबर पहिले नै पाएकी थिइन् । उनले स्वास्थ्य परीक्षण पनि गरिन् । तर स्वास्थ्यमा कुनै समस्या देखिएन । तर दुई दिन पछि २७ जनवरीमा बिहान उठ्दा घाँटी खराब भएको थियो । उनलाई लाग्यो कि केहि गडबड भएको छ ।

उनी अस्पताल भर्ना भइन् । उनको परीक्षण गरियो । रिपोर्ट पोजेटिभ आयो । उनले उपचारका लागि अस्पतालमा नै बस्नुपर्ने भयो । उनको परीक्षणको रिपोर्ट आउन ढिला भयो ।

उनलाई एकान्तमा राखियो । जहाँ उनी धैर्यतापूर्वक पर्खिरहेकी थिइन् । उनको फोनमा म्यासेज आयो । त्यहि समयमा एक टिभी च्यानलले समाचारमा भन्दै थियो कि वुहानबाट आएकी विद्यार्थीमा कोरोना भाइरस पोजेटिभि पाइयो।।।। सो समाचार उनको साथीले ह्वाट्सअपमा उनलाई पठाइदिएको थियो ।

सो टिभीको समाचार राफियाको बारेमा नै थियो । उनले सो क्लिप आफ्नो मोबाइलमा हेरिन । उनी भन्छिन्, ‘मलाइ थाहा भयो कि टिभीको समाचार मेरो बारेमा रहेछ । मलाई कोरोना भाइरस लागेको रहेछ ।’

३० जनवरीमा उनलाई भारतको पहिलो कोरोना भाइरसको बिरामी घोषित गरियो ।

आफैंमाथि विश्वास गरे
उनी नै भारतको पहिलो कोराना भाइरसको बिरामी थिइन । पूरा देशको ध्यान उनीतर्फ थियो । सरकारकारको ध्यान उनीमाथि थियो । डाक्टरका लागि पहिलो केस थियो । अरुले जे जस्तो गरेपनि सबैभन्दा पहिला बिरामीको मनोबल उच्च हुन आवश्यक थियो ।

उनले पनि सबैभन्दा पहिला आफ्नो मनोबल उच्च बनाइन् । उनी भन्छिन्, ‘म डराइन, म ठीक थिएँ । म बिरामी हुनु भन्दा पहिला नै अन्य देशमा धेरैको उपचार भइसकेको थियो ।’

उनी भन्छिन् ‘मैले चीन हुँदा यो बिरामले वृदवृद्धा र पहिले देखि नै बिरामी भएकालाई बढी खतरा हुन्छ भन्ने थाहा पाएकी थिए । म शान्तसँग बसे । सकारात्मक सोचे ।’

उनी भन्छिन्, ‘ममा विश्वास थियो कि मेरो प्रतिरक्षात्मक क्षमताले कोरोना भाइरससँग लड्ने छ । म विजयी हुनेछु ।’

उनी र उनका घरपरिवार लामो समय घरमा नै बसे । अस्पतालबाट छुट्टी भएपछि पनि उनीहरुले घरमा बसेर डाक्टरको सल्लाह अनुसार गरे । पूरा परिवार सकुशल भए ।

उनी आफ्नो अनुभव सुनाउदै भन्छिन्, ‘मेरो जीवनमा यो नयाँ अनुभव थियो । मलाई मेरो भन्दा पनि घरपरिवार,साथीहरुको चिन्ता थियो ।’

अहिले विश्वभरी ९ लाख ३६ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ भने ४७ हजार ३ सयको मृत्यु भइसकेको छ । यस्तै १ लाख ९६ हजार ४ सयभन्दा बढी निको भएका छन् । यो अहिले विश्वका २ सय ६ वटा देशमा कोरोना भाइरस संक्रमण फैलिसकेको छ ।

आज कोरोना भाइरसको संक्रमण सुरु भएको चीनमा भन्दा बढी युरोप र अमेरिका प्रभावित छन् । चीनले भने समयमा नै कोरोना भाइरसमाथि नियन्त्रण र रोकथाम गर्न सफल भएको छ ।

राफिया भने अवस्था सामान्य भएपछि पुनः चीनको वुहान गएर पढाइलाई पूरा गर्ने बताउँछिन् । उनी मेडिकलको विद्यार्थी हुन् । यो बिरामीले उनलाई धेरै कुरा सिकाएर गएको छ । उनी भन्छिन्, ‘जब म डाक्टर बन्ने छु सबै भन्दा पहिला बिरामीलाई उसको अवस्थाको बारेमा भन्ने छु ।’

एकान्तबास
उनीमात्र होइन कोरोना भाइरस पोजेटिभ देखिएपछि उनका घर परिवारलाई पनि अस्पतालमा भर्ना गरियो । उनकी आमा र उनलाई एउटै अस्पतालमा भर्ना गरेको भएपनि देखभेट गर्न भने पाइँदैन थियो ।

उनलाई सामान्य खाना दिइएको थियो । उनी बसेको कोठामा दिनमा दुई पटक सफाइ हुन्थ्यो । उनी सबैभन्दा सकारात्मक डाक्टर र नर्सको व्यवहारले भएको बताउछिन् ।

उनी भन्छिन्, ‘उनीहरु चेकजाच गर्न आउँथे, प्रोटेक्शन लगाएर आउथे । उनीहरु राम्रो व्यवहार गर्थे । जसले मलाई सकारात्मक बनायो ।’

अर्का सन्चो भएका विमारीको अनुभव
युरोपबाट भारत फर्केका अर्का व्यक्तिमा पनि घर पुगेपछि कोरोना भाइरस देखियो । उनमा पोजेटिभ रिपोर्ट आयो ।

उनी भन्छन्, ‘मलाई ९९।५ ज्वरो आयो । मलाई लाग्यो लामो यात्रा गरेर आएकोले ज्वरो आयो होला । डाक्टरलाई देखाउँदा सामान्य औषधि दियो । मलाई ठीक भएन । मैले नै कोराना भाइरस छ कि छैन जचाँए । दोस्रो दिन थाहा भयो मलाई कोरोना भाइरस सक्रमण भएको रहेछ ।’

उनलाई अस्पताल भर्ना गरियो । उनको हेरचाह राम्रो तरिकाले गरियो । उनी भन्छन्, ‘अस्पतालले मलाई धेरै राम्रो सुविधा दियो । सुरुको दुई तीन दिन मेरो स्वास्थ्य खराब थियो । मलाई आराम गर्न भनियो त्यहि गरेँ । विस्तारै ठीक हुन थाल्यो ।’

उनले अस्पतालमा आराम मात्र गरेनन् विस्तारै स्वास्थ्य अवस्था सामान्य हुन थाल्यो । मोबाइलमा फिल्म हेर्न थाले । केहि पुस्तक पढे ।

उनी भन्छन्, ‘आइसोलेशनका १४ दिनले मानिसलाई परिवर्तन गरिदिन्छ । यो समयमा मानिस सोच्छ कि मैले के गल्ती गरेको थिएँ । आज म ४५ वर्षको भए । मैले मेरो जीवनमा ३० वर्षको मूल्याङकन गरे, यी वर्ष त म भाग दौडमा बिताएछु भन्ने लाग्यो ।’

आज जसलाई समस्या भएको छ अस्पताल जाने । चेक जाँच गराउनु पर्छ । धैर्यता राख्नु पर्छ आत्तिनु हुदैन । विस्तारै ठीक हुन्छ । आत्मविश्वास ठूलो कुरा हो ।

एजेन्सीको सहयोगमा