सचिवालय बैठकः वामदेवले भने कार्यदलको नेतृत्व गदैन
काठमाडौं । २० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको विवाद समाधान गर्न कार्यदलको नेतृत्व गर्न अस्विकार गरेका छन् ।
आज बलुवाटारमा बसेको सचिवालय बैठकमा पार्टी भित्र जारी विवाद हल गर्न कार्यदल बनाउने प्रस्ताव रामबहादुर थापाले राखेका थिए । उक्त प्रस्तावको समर्थक महासचिव विष्णु पौडेल बनेका थिए । थापाको प्रस्तावमा अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक रहेको एक सचिवालय सदस्यले बताए । उनले भने ‘वादलले राखेको प्रस्तावमा महासचिव र प्रधानमन्त्री सकारात्म हुनुहुन्थ्यो । अझ प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतमलाई कार्यदलको नेतृत्व गर्न प्रस्ताव गरे तर गौतमले ठाडै अस्वीकार गरेपछि त्यो त्यतिकै सकियो ।’
नेकपाको आज बसेको सचिवालय बैठकमा भोलीलाई बोलाएको स्थायी कमिटी बैठक बस्ने कि नबस्नेबीचमा नै लामो विवाद भएको स्रोतले बताए । उनले भने ‘बैठकमा सबै भन्दा लामो समय त भोलीलाई बोलाएको स्थायी किमिटी बैठक बस्ने कि नबस्नेबीच छलफल भयो ।’
बैठकमा ओली स्थायी कमिटी बैठक बोलाउन नचाहने तर बहुमत सदस्यहरु स्थायी कमिटी बैठकको पक्षमा देखिएपछि विवाद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: