संसद विघटनको विरोधमा अखिलद्धारा प्रधानमन्त्रीको पुत्ला दहन, प्रहरीले गर्यो हस्तक्षेप फोटोफिचर
काठमाडौं । संसद विघटन बिरोधमा नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । काठमाडौंको नयाँबानेश्वरस्थित निषेधीत क्षेत्रमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।
संसद बिघटनबिरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका प्रचण्ड नेपाल पक्षका बिद्यार्थीहरुले बानेश्वरमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेता आराती लामाले बताइन । मिनभवनको कमर्श क्याम्पसबाट प्रदर्शन गर्दै बानेश्वर पुगेर पुत्ला दहन गरेका थिए । बिद्यार्थीहरुले पुत्ला दहन गर्ने बितिकै प्रहरीले हस्तक्षेप लामाले बताइन । उनले भनिन् ‘हामीले संसद विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हौ । तर प्रहरीले हस्तक्षेप गरेर अबरोध सिर्जना गर्यो । हामीले अबरोधकाबीच पनि पुत्ला दहन गर्न सफल भयौ ।’
त्यस्तै बिहीबार नै काठमाडौंको प्रदर्शनीमार्ग पनि बिद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए । रत्नराज्य लक्ष्मी क्याम्पसबाट प्रदर्शन गर्दै उनीहरुले प्रदर्शनीमार्गमा पुत्ला दहन गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनमा बिद्यार्थीहरुले संसद बिघटन असंवैधानिक भएको भन्दै निरन्तर आन्दोलन गर्ने बताएका थिए । प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपतीले संसद बिघटन गरेसँग बिभाजित भएको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहले ओलीको उक्त कदमका बिरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको छ
प्रतिक्रिया दिनुहोस्: