गृहनगरबाट प्रधानमन्त्रीको गर्जन: प्रधानमन्त्रीबाट हटाएर देखाउ
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–नेपाल पक्षलाई चुनौती दिएका छन् ।
प्रचण्ड–नेपाल पक्षलाई प्रतिनिधी सभामा अबिश्वासको प्रस्ताब राखेर आफुलाई प्रधानमन्त्रीबाट हटाउन उनले चुनौती दिए ।
अरुलाई प्रधानमन्त्री बनिदिनुपर्यो भन्दै बिन्ती चढाउन पुग्दा आफ्नै ईज्जत गएको प्रति ख्याल गर्नपनि उनले सो समुहलाई आग्रह गरे ।
आइतबार ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा पर्ने गौरादह, कमल र दमकमा निर्माण हुने चिन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासपछि आयोजित सभालाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाले आफुलाई कुनै असर नगर्ने जिकिर गरे ।
उनले जबसम्म जनता आफ्नो साथमा रहन्छन् तबसम्म आफुले कहिल्यै हारको अनुभूति नगर्ने उल्लेख गरे । देशमा बिकासको लहर चलेको दावी गर्दै प्रधानमन्त्री ओलीले देशमा बिकास भएको देख्न नसक्नेहरुले मात्र आफ्नो बिरोध गरिरहेको उल्लेख गरे ।
शान्ति, एकता र बिकास देख्न नसक्नेहरुले मुलुकलाई अध्यारो तर्फ धकेल्न खोजेको बताउँदै प्रधानमन्त्री ओलीले आफु बाचुन्जेल कसैले त्यो दुस्साहस गरे चुप लागेर नबस्ने समेत बताए ।
लोकतन्त्रलाई तलमाथि हुन नदिने बताउँदै उनले संबिधान समय अनुसार परिमार्जन हुन सक्ने सुनाए । चाँडै नेत्र बिक्रम चन्द नेतृत्वको समुहसँग वार्ता गरि उक्त समस्या समाधान गर्ने उनको भनाइ थियो ।
पार्क शिलान्यासपछि आयोजित सभालाई संबोधन गरेपश्चात प्रधानमन्त्री ओलीले दमक १ मा रहेको आँखा अस्पतालबाट ईलामको चुलाचुली जोड्ने सडकमा पर्ने रतुवा खोलाको पुल उद्घाटन गरे ।
यस्तै दमक बेलडाँगीस्थित ईलामको बुकुवा बिचमा पर्ने रतुवा नदिको पुल सहित मदन भण्डारी लोकमार्ग अन्तर्गतको धरान–बाहुँनडाँगीखण्डमा पर्ने ३१ वटा खोलामा निर्माण हुने पक्की पुलको एकैसाथ ओलीले शिलान्यास गरेका छन् ।
त्यस अघि प्रधानमन्त्री ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा ५ वटा पुलको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: