Bagmati Samachar Logo

नेकपा नाम विवाद: सर्वोच्चले गर्यो ऋषि कट्टेलको पक्षमा फैसला

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल) नेतृत्वबीच नामका विषयमा भएको विवादमा सर्वोच्चले ऋषि कट्टेलको पक्षमा फैसला गरेको छ ।

ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो । आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । कट्टेलले कोष्ठकभित्रको नेकपाको परिभाषा समेत मागेका थिए । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

नेकपा नाम विवाद: माग एकातिर, सर्वोच्चको फैसला अर्कातिर

सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई भंग गरिदिएको छ । ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेको भन्दै सर्वोच्चले नाम विवादबारे फैसला गरी निरूपण गर्नुपर्ने थियो । तर एकता भएको पार्टीलाई नै भंग गरिदिने गरी फैसला आएपछि झन् अन्योलता सृजना भएको हो ।

सर्वोच्चमा एउटा विवाद लिएर पुगेको मुद्दामा फैसला गर्दा अन्य विवादमा पनि छिरेपछि आलोचना भएको हो । यता वरिष्ठ अधिवक्ता यदुनाथ खनालले पनि सर्वोच्चको फैसला एक तह माथि बढेर आएको बताए । उनले भने , ‘ऋषि कट्टेलको रिटमा नेकपा एकता हुँदादेखिको विषयलाई प्रकणमा उल्लेख गरिएको थियो । खास मागदावी आफ्नो पार्टीसँग नाम जुधेकाले बदर गर्न मात्रै माग गरिएको हो तर सर्वोच्चले एक तह माथि बढेर एकता नै भंग हुने गरी फैसला गरेको देखिन्छ ।’

सर्वोच्चको फैसलापछि अब नेकपा नेकपा नरहने भएपछि भने साविक एमाले र माओवादी केन्द्रकै रुपमा फर्किएको छ । अदालतले नाम विवाद मात्रै हल खोज्नुपर्नेमा एकता नै भंग गरिदिएको भन्दै आलोचना भएको छ ।

वरिष्ठ अधिवक्ता खनालले सर्वोच्चको फैसलाले अन्योलता सृजना गरेको बताए । नेकपा आफैमा विभाजनको अन्तिम संघारमा थियो । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि एकीकृत नेकपाले उनलाई कारबाही गरेर पार्टीबाट हटाएको थियो। यसका साथै प्रचण्ड र माधवकुमार नेपालले पार्टी दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएका पनि थिए ।

तर सर्वोच्चको फैसलाले साविक एमाले र माओवादी केन्द्र नै कायम गरी एकता भंग गरेपछि दुवै दल मिल्ने सम्भावना छैन । तत्कालीन एमाले र माओवादी केन्द्र गठबन्धन नै बनाएर प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाको निर्वानमा सहभागित जनाएका थिए । यि दुवै पार्टी गत ३ जेठ ०७५ मा एकता भएको थियो । त्यसपछि एमाले र माओवादीले नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) नाममा ७ कात्तिक ०७५ मा दल दर्ता गरेको थियो । उनीहरूले चुनाव चिन्ह सूर्य हुने र केन्द्रीय समितिमा ४ सय ४१ जना सदस्य हुने गरी दल दर्ता गरेका थिए । कट्टेलले भने आफ्नो पार्टीसँग नाम जुधेकाले त्यसलाई बदर गर्न मात्रै माग गरेर सर्वोच्च पुगेका थिए, तर सर्वोच्चले भने एक तहमाथि गएर फैसला गरी एकतालाई नै भंग गरिदिएको छ । सर्वोच्चले कोष्ठक भित्रको नेकपाले बाहिरको नामको छोटकरी रुप भएको भन्दै खारेज मात्रै गरेर दल दर्ताका सम्पर्ण प्रक्रिलाई नै खारेजी गरिदियो ।

पूर्व महान्यायाधीवक्ता मुक्ति प्रधानले सर्वोच्चको फैसलाले राजनीतिक संकट निम्त्याएको बताए । सर्वोच्चको फैसलाका कारण निर्वाचन आयोगमा दर्ता भएका गोपाल किरातीको नेतृत्वको नेकपा र सन्ध्या तिरावरीको नाममा भएका एमाले पनि खारेज हुने भएको छ । केपी ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नै व्यूतिएपछि दुवै दल खारेजी हुने भएको हो ।