विप्लवलाई प्रचण्डको संदेश:हामी सहकार्यको बाटोमै छौ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुको ध्यान माओवादी आन्दोलनका उपलब्धि र नेतृत्वलाई समाप्त पर्नेमा केन्द्रीत रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रमा प्रचण्डले देशी बिदेशी प्रतिक्रियावादीको जोड माओवादी उपलव्धि ध्वस्त पार्नेमा रहेको बताए । पहिले भएका उपलब्धिलाई नबिर्सिन आग्रह गर्दै प्रचण्डले वैज्ञानिक समाजवाद, साम्यवादका निम्ति अझै लड्न तयार रहेको धारणा राखे ।
प्रचण्डले उपलब्धी थोरै भए स्वीकार्नुपर्ने बताउँदै भन्दै केही होइन भनेर एक्लै बस्न नहुने बताए । उनले पहिलोपटक आफू प्रधानमन्त्री हुँदा जनयुद्धकालका सबै सहिदहरुलाई राष्ट्रिय सहिद बनाएको तर कार्यान्वयन नभएको गुनासो गर्नुभयो । उनले भर्खरै भूमिगतबाट खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लवलाई पनि सहकार्यको संदेश दिए , उनले भने ‘ हामी सहकार्यको बाटोमै छौं।’ जनयुद्धको सिद्धान्त आफुले नभूलेको भन्दै प्रचण्डले आवश्यक परे हजारौं कंकाल निकाल्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्: