Bagmati Samachar Logo

माओवादी केन्द्र सर्वोच्चको फैसलामाथि छिट्टै पुनरावलोकनमा जाने

काठमाडौं । नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतले २३ गते फागुनमा गरेको नेपाल कम्युनिष्ट पार्टी विभाजित गर्ने फैसलामाथि पुनरावलोकनमा जाने भनेको छ ।

आज बसेको केन्द्रीय समितिको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले छिटै फैसालामाथि पुनलारवलोकनमा जाने जानकारी गराएका हुन् । आजको बैठकमा २० जना नेताहरुले बोलेका थिए । उनीहरूले विशिष्ट राजनीतिक परिस्थिति र क्रान्तिकारी आन्दोलनको एकीकरणजस्ता विषयमा आ–आफ्नो धारणा राखेको श्रेष्ठले जानकारी दिए ।

उनले भने ‘यसअघि नै निर्णय गरेअनुसार सर्वोच्चको फैसलामाथि छिट्टै पुनरावलोकनमा जाने छौं । साथै, तत्कालीन परिदृष्यमा जोडिएका कार्यभारहरू पूरा गर्न देशका प्रमुख पार्टीहरुसँग संवाद तीब्र बनाउने निर्णय भएको छ ।’

माओवादीबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाइएका बोलाएपनि कुनै पनि मन्त्रीबाट पत्रको जवाफ नआएको श्रेष्ठले बताए । आजको बैठकमा जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल, गणेशमान पुन, कृष्ण केसी, जयपुरी घर्ती, ओम शर्मालगायतले बोलेका थिए । केन्द्रीय समिति बैठक हाललाई स्थगित गरिएको छ ।