प्रदेश १ मा मन्त्री मण्डल विस्तार, गुट फेर्दै मन्त्री बन्दै
विराटनगर । प्रदेश नं १ मा मन्त्री मण्डल विस्तार भएको छ । याे प्रदेहमा गुट फेर्दै मन्त्री बन्नेको लर्को लागेको छ ।
यो प्रदेशमा मन्त्री बन्न सांसदहरुले कुनै कसर बाँकी राखेनन् । त्यसैको पछिल्लो उदाहरण बनेका छन् माओवादी केन्द्रका सांसद टंक आङ्बोहाङ तथा नेपाल पक्षकी सांसद उसाकला राई ।
उनीहरु मन्त्री बन्नकै लागि गुट नै बदलेका छन् । सांसद राई प्रतिनिधि सभाका सांसद तथा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङ नेकपा विभाजन भएपछि गुट परिवर्तन गरेर चर्चामा आए ।
उषाकला राई कहिले ओली गुट त कहिले नेपाल गुटमा देखिइन् । उनी मन्त्री पदकै लागि वार्गेनिङ गर्दै आएको रहस्य खुलेको छ । हाल उषाकला प्रदेश–१ को सामाजिक विकासमन्त्री हुने पक्का भएपछि गुट परिवर्तनको रहस्य खुलेको हो ।
पत्नी राई र मुख्यमन्त्री शेरधन राईको दबाबमा तामाङ दम्पतीले गुट परिवर्तन गरेको बुझिएको छ । उषाकला र शेरधन आफन्त पर्ने बताइन्छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार विस्तारको तयारी गरेका छन् ।
केही नयाँ मन्त्री र राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद विस्तारको तयारी गरिएको हो । जसमा शेरधनले उषाकलालाई मन्त्री बनाएका छन् । तामाङले संघीय सरकारमा मन्त्री नपाएपछि उषाकलालाई मन्त्री बनाएको खुलेको छ । त्यस्तै मन्त्री पदकै लागि पार्टी नै परिवर्तन गर्ने अर्का नेता हुन् प्रदेशसभा सदस्य टंक आङ्बोहाङ ।
नेकपा माओवादी केन्द्रका सांसद टंक पनि मन्त्री बन्नकै लागि नेकपा एमालेमा प्रवेश गरेको खुलेको छ । मुख्यमन्त्री राईले दुई राज्यमन्त्रीको पदोन्नति गर्ने, केही मन्त्री र राज्यमन्त्री थप गरी मन्त्रिपरिषद ११ सदस्यीय बनाउने तयारी गरिएको छ । आज नव नियुक्त मन्त्री र राज्यमन्त्री हरूलाई प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: