Bagmati Samachar Logo

गण्डकीमा सरकार गठनकालागि गठबन्धनले गर्यो दाबी पेश

 

काठमाडौं । गण्डकी प्रदेश सभामा सरकार गठनकालागि नेपाली कांग्रेस लगायतका गठबन्धनले आजै दाबी पेस गरेको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गरेको छ ।

गण्डकीमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धन बनेको छ । गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजे प्रदेश प्रमुखको कार्यालयमा ३१ जना प्रदेश सांसद शशरिर उपस्थित भएको माओवादी केन्द्रकी सांसद आसा कोइरालाले जानकारी दिइन।

सरकारमा दाबी गर्न गठबन्धनका ३१ जना सांसदहरु प्रदेश प्रमुखको कार्यलयमा जम्मा भएको कोइरालाले बताइन । गठबन्धनको तर्फबाट काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरेर दाबी पेस गरेको उनले जानकारी दिइन । प्रदेश प्रमुखको कार्यलयमा पेश गरेको दाबी दर्ता भइरहेको उनले बताइन । उनले भनिन‘प्रदेश सरकार बनाउनकोलागि गठबन्धनको दाबी दर्ता हुने क्रम जारी छ । सकेसम्म आजै शपथग्रहरण हुन्छ होला ।

आज दिउँसो मात्र प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि सांसदहरुलाई आह्वान गरेकी थिइन् । उपधारा ५ मा कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक दीपक मनाङे गरी कुल ३१ सांसद हस्ताक्षरसहित दाबी गरेको कोइरालाले बताइन ।
अहिले प्रदेश प्रमुखको कार्यलयमा काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद राजीव मनाङे गरी कुल ३१ सांसद उपस्थित छन् ।