देउवाको पक्षमा हस्ताक्षर गर्ने एमाले होइनन्ः प्रधानमन्त्री ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने व्यक्ति एमाले नभएको बताएका छन् । झलनाथ खनालर र माधवकुमार नेपाल पक्षलाई इकित गर्दै उनले यस्तो बताएका छन्।
बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीको सरकार ढाल्न प्रतिपक्षलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमाले नभएको बताएका हुन । उनले भने ‘विपक्षी मोर्चाका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेताहरू पार्टीको नेता एमाले नेता होइनन्। अहिलेसम्म सर्धन मौका दिएको र अझै मौका दिन तयार रहेको छ । तर नसुर्धेमा पार्टी अगाडि बढ्ने छ । अब वैचारिक र सांगठनिक क्रियाकलाप रोकिदैनन् ।’
हामी जेठ २ मा फर्केपछि आउनु पर्दैन ? कारवाही फुकुवा गर्दा आउनुपर्दैन ? जति गर्दा पनि खनाल–नेपाल पक्षले नमानेको आरोप ओलीले बैठकमा लगाए । उनले भने ‘अघि माधवजीसँग कुरो भयो। मलाई बैठक रोक्नुस् भन्नुभयो, मैले अदालतको हस्ताक्षर फिर्ता लिनुस् भनेँ। उहाँले अदालतको कुरोले के असर गर्छ र भन्नु भो।’
ओलीले एमालेलाई क्षतविक्षत बनाउने काम खनाल–माधव नेपाल समूहले गरेको आरोप लगाए।
‘विपक्षी मोर्चा कोभिड नियन्त्रण गर्न, बाढी पहिरो महामारी नियन्त्रण गर्न नबनाएको आरोप ओलीले लगाए । उनले भने ‘विपक्षी मोर्चा कोभिड नियन्त्रण गर्न, बाढी पहिरो नियन्त्र गर्न बनाएको हो र ? होइन नि त्यो त सरकारको सफलता देख्न नसकेर ढाल्नका लागि बनाएका हो। यो मोर्चा त हाम्रो विरुद्धकै हो ।’
ओलीले विपक्षी मोर्चा, अश्लील, छाडा र अमर्यादित रहेकोसमेत आरोप लगाए।
‘खनाल–नेपाल पक्षका विद्यार्थी प्रतिपक्षका विद्यार्थी मोर्चासंग मिलेर आफ्नो पुतला जलाएको भन्दै ओलीले आक्रोश व्यक्त गरेका छन् । उनले भने ‘हामीले बैठकका लागि पर्खिनु पर्ने, हामिसित वार्ता गर्ने भन्ने उता देशभर हाम्रोविरुद्ध मोर्चा बनाएर पुतला जलाउने। यति गर्दा पनि हामी लचिलो नै छौँ।’
ओलीले आफ्नो सरकार ढालेर विपक्षी मोर्चा बनाउनेको हैसियत पार्टीमा के हुन्छ ? भन्दै प्रश्न गरे। साथै उनले वामदेव गौतम उपाध्यक्षको हैसियतमा बैठकमा आएको भन्दै पार्टी २०७५ जेठ ३ पूर्वको अवस्थामा पुगिसकेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस्: