छिटै सरकारमा सहभागी हुन्छौः माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी छिटै सरकारमा सहभागी हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् । आफ्नो पार्टी माक्र्सवाद र लेनिनवाद पनि नछोड्ने बताए । हामी कम्युनिस्ट पार्टी छोड्दैनौ बनाउने हो उनले भने ,‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ । नेपाल कृषि प्रधान देशका हो ,कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउछौ ।’
किसानलाई जग्गाको मालिक बनाउने बताए । उनले भने ‘सुकुम्वासी समस्या समाधान गछौ । शिक्षा, स्वास्थ्य, रोजगारी र शिक्षा लगायतका सात विषयलाई महत्व दिने दिन्छौ । भौतिक पूर्वाधारको विकास गर्दा हावादारी योजना होइन, काम गर्न सक्ने योजना ल्याउछौ । ओलीले अघि सारेका पानी जहाज र रेलका सपना बाढ्दैनौ ।
प्रतिक्रिया दिनुहोस्: