Bagmati Samachar Logo

हेटौंडा उपमहानगर कमिटीको बैठक सम्पन्न, सदस्यता नबिकरण र वडा स्तरमा पार्टी संगठन विस्तार

हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका कमिटीको पूर्ण बैठक बुधबार बसेको छ । बैठकले भदौ मसान्तभित्र पार्टी सदस्यता वितरण, नविकरण र वडा स्तरमा पार्टी संगठनको कामलाई तिब्रता दिने निर्णय गरेको छ ।

बैठकले नगरभरी पार्टी सेल, टोल कमिटि गठन, बिस्तार तथा भेला पनि भदौ मसान्तभित्र गरिसक्ने निर्णय गरेको नगरक कमिटी अध्यक्ष तिर्थबहादुर थापामगरले जानकारी दिए ।

नगर कमिटी अध्यक्ष मगरले असोज १ देखि १० गतेसम्म १९ वटै वडाको सम्मेलन गर्ने बताएकाछनु। उनका अनुसार १ र २ नम्बर वडाको १ गते, ३ र ४ नम्बर वडाको २ गते, ५ र ६ नम्बर वडाको ३ गते, ७ र ८ नम्बर वडाको ४ गते, ९ र १० नम्बर वडाको ५ गते सम्मेलन हुने भएको छ । त्यस्तै ११ र १२ नम्बर वडाको ६ गते, १३ र १४ नम्बर वडाको ७ गते, १५ र १६ नम्बर वडाको ८ गते, १७ र १८ नम्बर वडाको ९ गते र १९ नम्बर वडाको १० गते सम्मेलन गरिने मगरले जानकारी दिए ।

जनवर्गीय संगठनहरुको पनि भाद्र मसान्तभित्र भेला,सम्मेलन सम्पन्न गर्ने उनले बताए । ‘यो महिनाभर पार्टी प्रवेश कार्यक्रमलाई पनि अभियानको रुपमा सञ्चालन गर्ने तयारी छ’, मगरले बताए ।

बैठकमा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तान , जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी, प्रदेश कमिटी सदस्य ललित घलान, जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी, सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), उपमहानगरपालिका कमिटी इन्चार्ज विवेक राई, जिल्ला सदस्य निबन्ध लामा लगायतको आतिथ्यता रहेको थियो ।

नगर कमिटी अध्यक्ष तिर्थ थापा मगरको अध्यक्षतामा बैठक भएको हो ।