Bagmati Samachar Logo

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिँदै

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । प्रदेश सभामा अल्पमतमा परेपछि शाक्यले बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने भएकी छन् ।

ुबुधबार शाक्यले विश्वासको मत मागेकि थिइन । तर प्रदेश सभामा अल्पमतमा परेपछि विश्वासको प्रस्तावमा मतदान हुनु भन्दा पहिला नै राजीनामा दिन लागेको एमालेका एक प्रदेश सभा सदस्यले बताए । उनले भने ‘विश्वासको प्रस्ताव माथि मतदान हुनु भन्दा पहिला नै राजीनामा दिएर मार्गप्रशस्त गर्नु हुन्छ मुख्यमन्त्रीज्युले ।’

बागमपत प्रदेश सभामा आज मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान हुने कार्यसूची थियो। तर अल्पमतमा रहेकी शाक्यले मतदान हुन भन्दा पहिला नै मार्गप्रशस्त गर्ने तयारी गरेकी हुन ।

मुख्यमन्त्री शाक्यले असोज ४ गतेको प्रदेश सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। कात्तिक ४ गतेको बैठकमा दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।

शाक्य भदौ २ मा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । भदौ ९ गते एमाले विभाजनपछि अल्पमतमा छिन्। बागमती प्रदेश सभामा १०९ सदस्य छन्। एमालेसंग ४३ जनामात्र प्रदेशमा सांसद छन् । उनलाई सरकार बचाउन ५५ जना सांसद आवश्यक पर्छ ।