Bagmati Samachar Logo

पाँच दलीय गठबन्धनलाई सत्ता चाहिएको छ, लोकतन्त्र होइनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लोकतन्त्र होइन सत्ता चाहिएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा कर्णाली–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन ।

उनले पाँच दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक होइन भक्षक भएको आरोप पनि लगाए ।

उनले भने ‘अहिले यो पाँच दलीय गठबन्धन छ नि विभिन्न किसममा , यी सबै लोकतन्त्रका भक्षकहरु हुन् भक्षीहरु हुन् । यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पुरा गर्नुछ ।’

देशमा २०१७ साल दोहरीने थियो ,यो एमालेका कारण संभव नभएको ओलीले बताए । सत्ता गठबन्धनलाई देश र संविधान नचाहिएको आरोप ओलीले लगाए । उनले भने ‘एमाले नभएको भए ०१७ साल पहिला नै आउथ्यो तर एमाले छ र त्यो आउदैन ।’

एमालेले सत्ता छोडेर संविधान बचाएको तर्क गरे । उनले भने ‘ओलीले एमालेले सरकार छोड्यो तर संविधान च्यात्न र लोकतन्त्र तलमाथि हुन दिएनौ ।’