वैद्य,बाबुराम र विप्लवहरुसंग छिटै एकता गर्ने प्रतिक्षामा छुः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आफ्नो पार्टी छोडेर अलग्गै पार्टी बनाएका नेताहरुसंग छिटै एकता गर्न प्रतिक्षामा रहेको बताएका छन् । मोहन वैद्य किरण, बाबुराम भट्टराई र विप्लवलगायतका नेताहरुसंग पार्टी एकता गर्न आफू प्रतिक्षामा रहेको बताएका छन् ।
विप्लव नेतृत्वको नेकपाबाट माओवादी केन्द्रमा आएकाहरु नेताहरुलाई स्वागत गदै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘बुवाआमासँग झगडा गरेर हिँडेको छोरो बेलुकीपख जसरी पनि घर फर्किन्छ । उ नफर्किएसम्म बुवाआमालाई दिनभरि त्यही छोराको चिन्ताले सताउँछ । मलाई पनि त्यस्तै भएको छ ।’
माओवादीहरु एक हुनको विकल्प नभएको भन्दै, नेपाली क्रान्तिलाई मौलिक तरिकाले अगाडि लैजानुपर्नेमा बताए ।
उनले पार्टी प्रवेश गरेका नेताकार्यकर्तालाई बधाइ दिदै भने, ‘तपाईंंहरुले सही गर्नु भयो। ब्यूँझेर आउनुभयो । किरणजी, बाबुरामज र विप्लवजी पनि यसरी नै आउनुहुन्छ । उहाँहरुलाई अंकमाल गर्ने, हात मिलाउने दिनका प्रतिक्षामा छु ।’
प्रतिक्रिया दिनुहोस्: