Bagmati Samachar Logo

प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा अन्जली थापा सर्वसम्मत चयन

हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरको समन्वय समितिको अध्यक्षमा अन्जली थापा सर्वसम्मत चयन भएकी छन् । प्रेस सेन्टर नेपाल मकवानपुरको पाचौं जिल्ला सम्मेलनबाट अध्यक्षमा थापा, उपाध्यक्षहरु राजकुमार केसी, शुभलक्ष्मी विक, सचिव एमप्रसाद पौडेल, खुल्ला सह सचिव रुपा गुरुङ र समावेशी सह सचिव दिलवहादुर लामा चयन भएका छन् ।

जिल्लाको आज बिहीबार भएको पाँचौ सम्मेलनबाट सेन्टरको अध्यक्ष लगायतका पदाधिकारी सर्वसम्मत चयन भएका थिए । प्रेस सेन्टर नेपालको मकवानपुर जिल्ला समन्वय समिति २१ सदस्यीय चयन भएको छ ।

बागमति प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो । मोक्तानले आफूले कृष्ण सेन इच्छुकलाई जेलमा भेटेको र उनको आर्दबाट प्रभावित भएको बताइन् । अतिथिमा थाह नगरपालिकाका मेयर लवशेर विष्ट र प्रेस सेन्टर नेपालका बागमति प्रदेश इन्चार्ज सुनिल खडकाकोपनि उपस्थित थिए ।
कार्यक्रम थाह नगरपालिकाको दामनमा सम्पन्न भएको छ ।

आजै थाह नगर पालिकामा पनि प्रेस सेन्टर नेपालको पालिका कमिटी गठन भएको छ । अध्यक्षमा शम्भु अधिकारी ,उपाध्यक्षमा स्रिमन खडका ,सचिवमा अम्बिका कोसी र कोषध्यक्ष दाबाटासी शेर्पा लगायत १३ सदस्यीय पाकिला कमिटी सर्वसम्मत चयन भएको छ ।
आजै हेटौडा उपमहानगर पालिकाको प्रेस सेन्टरको पालिका कमिटी चयन भएको छ । अध्यक्षमा दुधमाया सिन्तान, उपाध्यक्ष साजेस ,सचिव उज्वल सापकोटा सहित १३ सदस्यी कमिटी चयन भएको छ ।

मकवानपुरबाट प्रदेश सम्मेलनको लागि प्रतिनिधि चयन भएका छन् । जसमा धु्रब अधिकारी, राजु सास्वत लामिछाने, इच्छापूर्ण कार्की,,यादव चौलागाई? मिना श्रेष्ठ, अशेष ढुङगाना ,भावना रिजाल, अजीव भट्टराई र रन्जिता डंगोल रहेका छन् ।
त्यस्तै जिल्लाबाट केन्द्रीय सम्मेलनका लागि पनि प्रतिनिधि चयन भएका छन्

जसमा कौशल पाण्डे, नवराज शर्मा , ऋषिराम पोखरेल, भानुभक्त आचार्य र कृष्ण सारु मगर रहेका छन् ।