Bagmati Samachar Logo

बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान बन्द हुने

काठमाडौं । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका उडान र अवतरण बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले वैशाख ७ गते बिहान १ बजेदेखि बिहान ७ बजेसम्म उडान बन्द रहने जानकारी दिएको छ ।

‘मिति २०८०।०१।०७ गते बिहान १.०० बजेदेखि २०८०।०१।०७ गते बिहान ७.०० बजेसम्म विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय वायुयान उडान अवतरण बन्द रहने र उक्त समयमा यात्रा गर्नुहुने यात्रुहरूले सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरी आवश्यकताअनुसारको व्यवस्था मिलाउन विशेष अनुरोध गर्दछौँ, कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विमानस्थलको आपूर्तिलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गर्ने कार्य जारी रहेको कार्यालयले जानकारी दिएको छ । सोहीक्रममा विमानस्थलभित्रको विद्युत् आपूर्ति अवरुद्ध हुने भएकाले उक्त समयमा उडान बन्द हुने कार्यालयले जानकारी दिएको छ ।