Bagmati Samachar Logo

अघिल्लो वर्षको तुलनामा यो वर्षको एसईई नतिजा राम्रो

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्षको भन्दा राम्रो परिणाम आएको छ । आज राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजा हेर्दा विगतको तुलनामा सुधारात्मक देखिएको हो ।

बोर्डले यो वर्ष अनिवार्य गणित, अनिवार्य अंग्रेजी र विज्ञान विषयको स्तरीकृत प्रश्नपत्र प्रणालीबाट परीक्षा लिइएको थियो । माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्यामा बढी देखिएको छ भने तल्लो ग्रेडको नतिजा कम देखिएको छ ।

बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ रहेका छन् । जुन ४.६३ प्रतिशत हो । २०७८ को नतिजा अनुसार ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ जना रहेका थिए । जुन १.९४ प्रतिशत रहेको थियो ।

त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ विद्यार्थी रहेका छन् । जुन ११.३६ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा यो संख्या पनि बढी हो । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले विभिन्न कारणले यो वर्षका नतिजा राम्रो देखिएको बताए ।

विद्यार्थीले राम्रोसँग पढ्न पाएकाले यो वर्षको नतिजा पनि राम्रो आउने हुन सक्ने उनको अनुमान छ । ‘कोभिड महामारीको पछि परीक्षा लिइएको थियो । विद्यार्थीहरूले राम्रो तयारी गर्न पाएका थिएनन् । यो वर्ष राम्रोसँग पढ्न पाए । विद्यालयले पनि राम्रोसँग पढाउन पाइयो ।