Bagmati Samachar Logo

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् । यस्तै, ४९.०९ प्रतिशत भने ननग्रेडेड भएका छन् ।

कक्षा १२ को परीक्षामा देशभरका १ हजार ४ सय ५७ परीक्षा केन्द्रबाट ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार २६ वैशाखदेखि ५ जेठसम्म सञ्चालित परीक्षामा यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिमा सहभागी भएका थिए । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

कसरी हेर्ने नतिजा ?

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमका विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।