नेम्वाङको पार्थिव शरीरलाई प्रधानमन्त्री प्रचण्डले दिए अन्तिम श्रद्धाञ्जली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
मंगलबार दिउँसो एमाले मुख्यालय च्यासल पुगेर प्रधानमन्त्री प्रचण्डले पूर्वसभामुख नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।
नेम्वाङको गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।
नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शिक्षण अस्पतालबाट एमाले मुख्यालय च्यासलमा ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्: