Bagmati Samachar Logo

नोर्दन इजरायलमा ७० जना बंकरमा , दुतावास र सरकारले केहि नगरेको गुनासो

काठमाडाैं । हमासको आक्रमण गरेपछि इजरायलमा १० नेपालीहरु विद्यार्थीहरुको हत्या भएको छ । केहि अझै पनि बंकरमा समस्याग्रस्त रुपमा बसीरहेका भिडियोहरु सार्वजनिक भइरहेका छन् ।
इजरायलको जेरित भन्ने ठाउँको बंकरमा बसीरहेका छन् । सरकाले चासो नदिदा अझै बढी चिन्ता लागेको महेश भण्डारीले बताएका छन् । अहिले सुरक्षित ठाउँमा लिएका मात्र होइन अन्य ठाउँमा पनि नेपालीहरु रहेको उनले बताए ।

पिडित व्यक्तिहरुले दुताबास तेलबीमा सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेको र परराष्ट्रमन्त्रालयमा पटक पटक सम्पर्क गर्दा वास्ता नगरेको गुनासो पिडितहरुले गरेका छन् ।
भिडियोमा पिडित विद्यार्थी सल्यानका महेश भण्डारी भिडियोमा भन्दै छन्, ‘साउदन इजरायलमा मात्र नभएर साउर्दन र नर्थ तिरपनि हमला भएको छ । खान पाएको छैन । पानी पनि खान पाएको छैन । सरकार बोलेको छैन । खानासकिसक्यो । सेभ ठाउँमा लगेका मात्र होइनन् । अरु ठाउँमा पनि छौ । लेवनानले पनि हमला गरेको छ ।’

उनीहरु एउटा सानो बंकरमा बसेका देखिन्छन् । कोहि निन्द्रामा झुमेजस्ता देखिन्छन् । त्रस्त अवस्थामा रहेको पिडित बताउछन् । उनीहरुले आफूहरुलाई बचाइ दिन आग्रह गरेका छन् ।