Bagmati Samachar Logo

राप्ती नगरपालिका यौरालिटारमा निशुल्क आँखा शिविर संचालन हुँदै

हेटौंडा  ।  यहि आषाढ १२ गते लोधर स्वास्थ्य चौकी राप्ती नगरपालिका  १२ यौरालिटारमा निशुल्क आँखा जाँच, औषधि वितरण तथा मोतियाविन्दुको अप्रेशन हुने भएको छ ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशानालय, हेटौडाको आयोजना एवं नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवनको प्राविधिक सहयोग र राप्ती नगरपालिकाको स्थानीय व्यवस्थापनमा निम्न मिति र स्थानमा निस्शुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर वस्ने भएको हो । मोतीविन्दु एवम्‌ अन्य आँखाका समस्या भएका सवैले समयमै सम्पर्क राखी मौकाको फाईदा उठाउनहुन सूचनामा अनुरोध गरिएको छ ।

साथै मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा पनि यहि आषाढ १६ गते आँखा शिविर संचालन हुने भएको छ ।