Bagmati Samachar Logo

लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड (पूर्णपाठ)

काठमाडौं । लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि बजेट प्रस्तुत गरेका छन् ।

उनले कूल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पुँजीगततर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन् । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

आगामी वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड प्राप्त हुने अनुमान गरिएको छ । यस्तै सङ्घबाट १२ अर्ब १ करोड र सङ्घबाट रोयल्टी ५० करोड तथा स्थानीय तहबाट राजस्व २ अर्ब ९२ करोड प्राप्त हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।