Bagmati Samachar Logo

हेटौंडा–काठमाण्डौं छोटा दुइ वटा सडकमा पहिरोका कारण तीन स्थानमा अबरोध

काठमाडौं । हेटौंडा–काठमाण्डौं जोड्ने दुइ वटा सडक खण्डमा पहिरोका कारण यातायात अबरोध भएको छ । वर्षाका कारण हेटौंडा–भीमफेदी, कुलेखानी सडक र कान्तिलोकपथ सडकमा अबरोध भएको छ ।

मकवानपुर इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–२ छेपारे स्थित दक्षिणकाली सडक खण्डमा बर्षाको कारण सडकमाथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरोध भएको प्रहरीले जानकारी दिएको छ ।

अहिले पनि निरन्तर बर्षाका कारण सडक खुलाउने सक्ने अवस्था नरहेकाले यातायात अवरुद्ध भइरहेको छ । यातायात सुचारु गर्नको लागि पहिलो पन्छाएर सडक खुलाउन सडक विभागसँग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

यसैगरी यही सडक खण्डमा इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–५ महालक्ष्मी खोला नजिक मातातिर्थ,चखेल र देउराली जाने सडक खण्डमा पहिरो गएर बाटो पुर्ण अवरोध भएको छ ।

यसैगरी मकवानपुरको भिमफेदि भीमफेदी गाउँपालिका वडा नम्बर–८ प्रतापडाडा स्थित कान्ती लोकपथ सडक खण्डमा अविरल बर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्णरुपमा अवरोध भएको र अहिले खुलाईको प्रहरीले जनाएको छ । यसै सडकको ललितपुर एरियामा बाटो अवरोध रहेको छ।