Bagmati Samachar Logo

घर बगाएपछि छिमेकीकहाँ पुगे, त्यहाँ पनि पहिरोमै पुरिएर अस्ताए

काठमाडौं । शनिबार बिहान ५ बजेतिर स्याङजाको विरुवा गाउँपालिका ६, लामाखेतमा पहिरो आउदा माधवप्रसाद शर्माको घर पु¥यो। माधवप्रसाद र उनकी श्रीमती गुह्यश्वरी शर्मा जसोतसो उम्किए।
पक्की घर नै पुरिए पनि जसोतसो ज्यान जोगाएका उनीहरू सुरक्षा खोज्न करिब एक किलोमिटर माथि रहेको ईश्वरी लम्सालको घरमा पुगे।

छिमेकी ५८ वर्षीया हरिदेवी शर्मा पनि लम्सालकै घरमा शरण लिन पुगिन्। तर, सुरक्षा खोज्न हिँडेका यी तीनैजनालाई विपत्‌ले छाडेन।

ओत लागेको घरमाथि नै दिउसो एक बजेतिर पहिरो खस्यो। पहिरोमा पुरिएर ६६ वर्षीय माधव र ६५ वर्षीया गुह्येश्वरी शर्मा दम्पति तथा ५८ वर्षीया हरिदेवी शर्माको निधन भयो।

विरुवा–६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार, गुह्येश्वरी र हरिदेवीको तत्काल उद्दार गरिए पनि ज्यान जोगिएन भने पुरिएका माधवको बढो कष्टसाथ शव निकालिएको हो।

हजुरआमाको साथ लागेर त्यहाँ पुगेका एक बालक भने पहिरोबाट बचेको उनले बताए। भाग्यले बाँचेका उनी हरिमायाका नाती हुन्।