Bagmati Samachar Logo

चुनावी र्‍यालीमा आफूमाथि गोली प्रहार भएपछि ट्रम्पले के भने 

काठमाडौं । अमेरिकामा चुनावी र्‍यालीका क्रममा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागेर ट्रप घाइते भएका छन् । आगामी राष्ट्रपतीय चुनावमा राष्ट्रपतिको उम्मेदवार रहेका ट्रम्प पेन्सिलभेनियामा चुनावी र्‍यालीमा सहभागी थिए । सोही र्‍यालीमा उनीमाथि गोली प्रहार भएको हो ।

उक्त घटनामा ट्रम्प घाइते भएका छन् भने अनुहारमा रगत लतपतिएको देखिन्छ । त्यसक्रममा केही राउन्ड गोली प्रहार भएको जनाइएको छ । गोली चल्न थालेपछि ट्रम्प र्‍यालीमै रहेको पोडियममा झुकेका थिए । त्यसपछि सुरक्षाकर्मीहरूले उनलाई घेरेका थिए । सुरक्षाकर्मीको जवाफी कारबाहीमा सन्दिग्ध बन्दुकधारीको मृत्यु भएको जनाइएको छ ।

 

घटनापछि प्रतिक्रिया दिँदै ट्रम्पले आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको प्रतिक्रिया दिएका छन् । गोली लागेपछि रगत बग्न थालेको उनले बताएका छन् । साथै उनले गोली चलेपछि तुरुन्तै आफ्नो बचाउ गरेको र त्यसविरुद्ध प्रतिक्रिया जनाएकोमा ट्रम्पले सुरक्षा निकायहरूलाई धन्यवाद दिएका छन् ।

ट्रम्पले प्रतिक्रिया दिँदै अमेरिकामा यस्तो प्रकारको घटना हुनु अविश्वसनीय रहेको उनले टिप्पणी गरेका छन् । साथै हालसम्म सुटरको बारेमा केही जानकारी प्राप्त भइसकेको छैन । उनको मृत्यु भइसकेको छ । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै अगाडि लेखेका छन्( गड ब्लेस अमेरिका ।