Bagmati Samachar Logo

विष्णु पौडेलले शपथ लिएकै दिन सेयर बजार नेगेटिभ

काठमाडौं । अघिल्लो सरकार जाने हल्लासँगै बढ्न थालेको बजार आज भने घटेको छ । प्रचण्ड नेतृत्वको सरकार विरुद्ध वैकल्पिक सरकार बन्ने चर्चासँगै बजारमा उच्च अंकको वृद्धि हुँदै आएको थियो । नेपाली कांग्रेस र नेकप एमाले दुई ठूला दलबीचको गठबन्धनले स्थिरता आउने विषयले शेयर बजारमा सकारात्मक आशा प्रवाह गरेको थियो । नेकपा एमालेको नेतृत्व त्यसमा पनि विष्णु पौडेल अर्थ मन्त्री बन्ने चर्चाले बजारमा सकारात्मक माहोल बनेको थियो । तर आज उनै विष्णु पौडेलले अर्थको शपथ लिएकै लिद बजार भने नेगेटिभ भएर बन्द भएको छ । एमालेका विष्णु पौडेललाई शेयर बजारमा पोजेटिभ सेन्टिमेन्टका रुपमा लिने गरे पनि पहिलो दिनमै भने लगानीकर्ताले रातो सिग्नलले स्वागत गरेका छन् । यद्यपि शेयर बजार बढ्ने घट्ने भने भइरहन्छ । आज सेयर बजार परिसूचक १७ दशमलव १८ अंकले घटेर २२४० दशमलव ४१ को विन्दुमा पुगेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ६२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको १ लाख २ हजार ३ सय ७२ पटकको कारोबारमा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिनको कारोबार रकम पछिल्लो ६ महिनायताकै उच्च हो। यस अघि गत माघ ३ गते ९ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको थियो।