Bagmati Samachar Logo

बागमतीका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारको डेढवर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आफ्नो कार्यकालमा गरेका कामहरुको विवरण आज सार्वजनिक गरेका छन् । आइतबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रमका अवसरमा १८महिनाको अवधिमा प्रदेशका मन्त्रालयहरु मार्फत गरिएका कामको विवरण समेटिएको पुस्तक समेत सार्वजनिक गरे।

आफ्नो कार्यकालमा धेरै राम्रा र सफल कामहरु गरेक उनको दाबि छ । बिशेषगरी भौतिक पूर्वाधारको क्षेत्रमा धेरैनै काम गरिएको उनले बताए । मन्त्रालयका मन्त्रीहरु, सचिबहरु र पत्रकारहरु सहित सहभागि कार्यक्रममा आफ्नो कार्यकालमा गरिएका कामको विवरण सार्वजनिक गर्दै धेरै महत्वपूर्ण कामहरु भने गरिसकेको बताए ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को आयोजनामा पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारले गरेका प्रमुख कार्यहरूको पुस्तिका सार्वजनिक गरिएको हो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले संयुक्त रूपमा प्रदेश सरकारले गरेका प्रमुख कार्यहरूको पुस्तिका सार्वजनिक गरेका छन् ।
२०७९ माघ २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेलले सरकार मिलेर बन्नुपर्ने बताउँदै यो अवधिमा तीन पटक विश्वासको मत लिएको जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशलाई संस्थागत विकास गर्न प्रदेश सरकारले सशक्त भूमिका खेलेको स्पष्ट पारे।

तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि राष्ट्रिय समन्वय परिषद् र तीन तहको कार्य विस्तृतीकरण बैठकमा प्रदेश सरकारलाई अधिकार दिनुपर्ने आवाज उठाई रहेको स्मरण गराए । करिब डेढ वर्षको अवधिमा विभिन्न पार्टीसँग समन्वय गरेर अगाडि बढिरहेको सन्दर्भमा गत आर्थिक वर्षमा प्रदेश सरकारको आर्थिक प्रगति उच्च गर्न सकेको दाबी गरे। उनले प्रदेश सरकारले विकास निर्माणका कार्य धेरै गरेको बताउँदै डेढ वर्षको अवधिमा झन्डै छ सय मिटर सडक कालोपत्रे, पाँच दर्जन पक्की पुल निर्माण सम्पन्न भएको जानकारी गराए ।

नीतिगत कामहरू पनि धेरै भएको जानकारी दिदैँ मुख्यमन्त्रीले सङ्गठन संरचना पास गराउनुका साथै जिल्लाहरू मार्फत सेवा केन्द्रबाट आम जनतालाई सेवा दिइरहेको बताए ।

प्रादेशिक गुरु योजनामार्फत प्रदेश लोकमार्ग र प्रदेश राजमार्ग निर्माण धमाधम गरेको जिकिर गर्दै भौतिक पूर्वाधारको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको स्पष्ट पारे।

करिब चार सय हेक्टरभन्दा माथि सिँचाइ र खानेपानी आयोजना सम्पन्न भएको बताउँदै उनले समुदायमा आधारित उत्पादन मोडेलका लागि ५१ वटा स्थानीय तहसँग सहकार्य गरेर कार्य गरेको बताए । पाँचवर्षे योजनासहित ३५ पालिकामा गृहिणी महिला उद्यमशील कार्यक्रम सुरुवात गरिएको छ । दलित, चेपाङ विकास कार्यक्रम, सामुदायिक विद्यालय सम्बन्धी नीति, खेलकुद, भाषा, कला, संस्कृति लगायतका कार्यहरू गरेको उनको भनाइ छ ।

विकासको मूल नेतृत्व प्रदेश सरकारले गरेको जिकिर गर्दै राम्रो कुराको प्रचार गर्न र गलत कुराको खबरदारी गर्न पनि उनले पत्रकार सम्मेलनमा आग्रह गर्नुभयो । प्रदेशलाई समृद्ध बनाउन सबै दल एकमत हुनुपर्नेमा उनको जोड थियो ।