Bagmati Samachar Logo

सौर्य दुर्घटनामा १५ जनाको मृत्यु, ४ को उद्धार

काठमाडौं । काठमाडौंमा जहाज दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । पोखराको लागि उडेको सौर्य एयरलायन्सको जहाज बुधबार विहान ११ बजे दुर्घटनामा परेको हो । १९ जना सवार मध्य १५ जनाको ज्यान गएको, बाँकी ४ जनाको जिवितै उद्दार गरिएको नेपाल प्रहरीले जनाएको छ ।
जहाजमा सबै सौर्य एयरलायन्सका कर्मचारीहरु थिए ।उद्धार गरिएका ३ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने अर्का एक जना केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । जहाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ । शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी भएको छ ।