सहकारी ठगीको कथामा आधारीत म्युजिक भिडियो ‘राधा पियारी’ को दुई दिनमै करिब ७ लाख दर्शक
काठमाडौं । युवा गायक कृष्ण विकको स्वर रहेकाे म्युजिक भिडियो ‘राधा पियारी’ युट्युवमा सार्वजनिक भएको छ । नायक पल शाह र मालिका महतको अभिनय रहेको म्युजिक भिडियो दुई दिन देखि युट्युमा दर्शकहरुले मन पराएका छन् । शाह र महतले केही वर्षको अन्तरालपछि राधा पियारीमा सहकार्य गरेका छन् । म्युनिजक भिडियो लक्षरा फिल्म्सको प्रस्तुतिमा बनेको हो ।
गितको बोल ‘राधा पियारी’ भएपनि म्युजिक भिडियोको मुख्य सन्देश सहकारी पीडितको कथा भन्नु रहेको छ । म्युजिक भिडियोको सुरुमा नै प्रहरीले वाकिटाकीमा कुरा गरेको सुनिन्छ । भिडियोमा सहकारी पिडकलाई पक्राउ गर्न राधा पियारी मिशन नाम राखिएको छ । गितले मनोरन्जन दिन्छ भने म्युजिक भिडियोले सहकारी पिडित र पिडकको कथा भन्छ । जुन अहिलेको समसामयिक विषय पनि हो ।
भिडियोमा पल र मलिका प्रहरीको भूमिकामा छन । सहकारीको नाममा सोझा–साझा जनतालाई ठगिरहेका व्यक्तिलाई यी पात्रले कसरी रोचक तरिकाले पक्राउ गर्छन् भन्ने प्रस्तुति यसमा छ ।
म्युजिक भिडियोमा पल र मलिका छन् । गीत राम्रो र सन्देश मुलक छ । युवा गायक कृष्ण विक र शान्तीश्री परियारको जादुमय आवाजले दर्शक र स्रोतालाई मग्नमुग्ध बनाउछन् । कृष्णको शब्द र संगीत छ ।
भिडियोको निर्देशन युवा जीबी जाग्रीयले गरेका हुन् । नरेश बीसीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई सन्जय विश्वकर्माले कोरियोग्राफी गरेका छन । भिडियोमा अर्जुन तिवारीको छायांकन र सुपृम पराजुलीको सम्पादन छ ।
प्रतिक्रिया दिनुहोस्: