Bagmati Samachar Logo

एमबीबीएस अध्यापनका लागि बी एण्ड सीले पायो एमबीबीएसको सिट (सूची सहित)

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शुक्रबार एमबीबीएस अध्यापनका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । जसमा झापाको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ ।

सर्वोच्च अदालतले आदेश दिएपछि बी एण्ड सीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएको थियो । यो कलेज चर्चित अभियन्ता दुर्गा प्रसाईको हो । भौतिक पूर्भाधार पुरा गरेर पनि राजनीतिक खिचातानीले गर्दा उनले सम्बन्धन पाएका थिएनन् । सर्वोच्च अदालतको आदेशपछि उनले पहिलो पटक अध्यापनको अनुमति पाएका हुन् ।

यस्तै राप्ती र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि ५०–५० सिट छुट्याइएको छ । तर दुवैका लागि अर्थ मन्त्रालयले सञ्चालन सहमति दिनुपर्ने शर्त छ ।

सूची हेर्नुहोस्