Bagmati Samachar Logo

माओवादीका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित फलोअपका लागि चीन प्रस्थान गरेका छन् ।

उनी आइतबार मध्यान्न १२ बजे चीन प्रस्तान गरेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार पुन फलोअप उपचार गराएर तीन÷चारदिनमा फर्किनेछन् ।

उनलाई विरलैमा देखिने वंशाणुगत जन्डिसको समस्या छ भने नेपालमा उपचार सम्भव नभएपछि २०७८ साल असोज १३ गते थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो ।

तर त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई २०७८, १० मंसिरमा चीन लगिएकफ थियो । चीनमा लामो उपचारपछि स्वदेश फर्किएका उनले नियमित फलोअप चेकजाँच गर्दै आएका छन् ।