Bagmati Samachar Logo

एमालेले ०८४ मा बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको चुनावमा एमाले बहुमत ल्याउने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा प्रधानमन्त्री ओलीले एमालेले आगामी चुनावमा एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

‘मिसन ०८४ लाई सफल पार्न यतिबेलै हामीले आफ्नो सारा सामर्थ्य लगाउनुपर्छ। अर्को पटक के हुन्छ के,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले ०८४ को चुनावमा माओवादी केन्द्र राष्ट्रिय पार्टीसम्म बन्नसक्ने दाबी पनि गरे।

माओवादीको भोट प्रत्येक चुनावमा घट्दै गएको र अर्को चुनावमा थप ६–७ लाख भोट घट्ने बताएका हुन्।

‘एउटा चुनावमा ३१ लाख भोट आउँछ । अर्को चुनावमा पुग्दाखेरी १८ लाख जति आउँछ । अर्को चुनावमा पुग्दाखेरी १३ लाख आउँछ । अर्को चुनावमा पुग्दाखेरी ११ लाख आउँछ । अव अर्को चुनावमा पुग्दाखेरी ४–५ लाख आउँला कि१ राष्ट्रिय पार्टीसम्ममा अडिएला कि१,’ उनले भने।

प्रधानमन्त्री ओलीले नभएका पार्टीहरू जन्मिएका र तिनीहरू पनि खानै जन्मिएका बताए।

‘भाडाका भात छैन खै ? भन्दा ती जन्मेका खन्चुवाहरुले खाए होलान्। खानै जन्मिएकाहरु छन्। अनि तिनका मुखमा चाहीँ कसरी गाँस पस्यो त। त्यस्तै उस्तै त होला नि,’ उनले भने।