मेटमणिलाई तत्काल पार्टीबाट हटाउन खनालको आग्रह
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई तत्काल पार्टीबाट हटाउन आग्रह गरेका छन् । एउटा सांसदले बोल्ने भाषा के हो भन्दै चौधरी नेपाली हो कि भारतीय हो भनेर खनालले प्रश्न उठाएका छन् । चौधरीले राष्टियता र सार्वभौमिकताको विरुद्धमा बोलेकोले उनलाई तत्काल पार्टीबाट मुक्त गराउन पनि खनालको आग्रह छ । चौधरीले केहीदिन अघि एक टेलिभिजन अन्तरवार्ताको क्रममा लिपुलेक, लिम्यिाधुरामा भारतको दाबी पुग्ने भन्दै उक्त भूमि भारतकै भएको बताएका थिए । उनको अभिव्यक्तिप्रति यसअघि नै एकीकृत समाजवादीले स्पष्टीकरण समेत माग गरिसकेको छ । चौधरीले भने उक्त अन्रतवार्ताको सन्दर्भमा आफूले नियतबस त्यस्तो नबोलेको तर केही अंशलाई अपब्याख्या गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: