Bagmati Samachar Logo

रविले भने– रास्वपामाथि चौतर्फी घेराबन्दी जारी छ (पूर्णपाठसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीमाथि चौतर्फी घेराबन्दी जारी रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा सभापति लामिछानेले पार्टीको महाधिवेशन २०८२ वैशाख २५‚ २६ र २७ गते गर्ने जानकारी दिए ।

उनले आफ्नो प्रतिवेदन पेस गर्दै राष्ट्रपति गैरदलीय हुनुपर्ने प्रस्ताव गरेका छन् । यस्तै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।