Bagmati Samachar Logo

‘नेसनल डे कन्सर्ट’ मा झण्डा फहराउँदै प्रधानमन्त्री ओलीले संविधान दिवसको खुसी साटे

काठमाडौं । काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा हल्लाउँदै संविधान दिवसको खुसी साटेका छन्।

नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुगेका थिए । हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजजमा प्रधानमन्त्री ओली पुग्दा सहभागीहरुले तालीको गडगडाहटबाट स्वागत गरेका थिए ।

सुुमधुर साँझमा कलाकारहरुको प्रस्तुतीका बीच प्रधानमन्त्री ओलीले संक्षिप्त शुुभकामना दिँदै ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु । इन्जेय गर्नुस् । धेरै धेरै धन्यवाद,’ भने। उक्त कन्सर्ट आज दिउँसो ४ बजेदेखि सञ्चालित छ ।

समारोहमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री विद्या भट्टराई र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।
अहिले कन्सर्टमा कलाकारहरूले आफ्नो प्रस्तुति दिइरहेका छन्।