Bagmati Samachar Logo

संसदीय समितिले सोधेका ५१ प्रश्नमा रवि लामिछानेले दिएका उत्तर (पूर्णपाठ)

काठमाडौं । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिले लामिछानेलाई सहकारीबाट गोरखा मिडियामा आएको अवैध रकम दुरुपयोग गरेकोमा दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको छ ।

समितिले लामिछानेसँग ७ भदौमा करिब १० घण्टा बयान लिएको थियो । बयानमा समितिले लामिछानेलाई विभिन्न ५१ वटा प्रश्न गरेको छ । र ती प्रश्नको उत्तरमा लामिछानेले प्रायः इन्कारी बयान दिएका छन् ।

समितिले संसद सचिवालयमा पेस गरेको प्रतिवेदन संसद सचिवालयले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । १ हजार १ सय २४ पेजको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै छानबिन गर्न कांग्रेसले माग गरेअनुसार गठन गरिएको यो समितिको प्रतिवेदन पनि मुख्य रूपमा लामिछानेवरिपरि छ ।