न्युयोर्कमा प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्: