Bagmati Samachar Logo

फ्रेन्चाइज लिग भलिबल : कर्णालीको जित

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिग प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कर्णाली यसभिस विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा मंगलबार भएको खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई ३–२ को सेटमा पराजित गरेको हो ।

खेलमा कर्णालीले पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पार्‍यो । गण्डकीले खेलको दोस्रो सेट २५–२२ र २५–१७ ले आफ्नो पक्षमा पार्‍यो । त्यसपछिको दुई सेटमा पुनरागमन गर्दै कर्णालीले प्रतियोगितामा जित हासिल गर्‍यो ।

कर्णालीले खेलको चौथो सेट २५–१९ र पाँचौँ तथा अन्तिम निर्णायक सेट १५–१२ ले आफनो पक्षमा पार्दै जित हासिल गर्‍यो ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो आयोजना भएको उक्त प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता छ ।

प्रतियोगितामा काठमाडौं स्पाइकर्ससँगै ललितपुर क्विन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिस रहेका छन् । हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता छ ।

सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । फाइनल खेल यही असोज १९ गते हुनेछ ।