Bagmati Samachar Logo

हेटौंडाबाट ८ किलो सुनसहित २ जना पक्राउ

हेटौंडा । हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेका दुबै जना भारती भएको खुलेको छ ।

आज शनिबार बिहान ३ बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टस्थित पूर्व–पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।

स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक देश भारत महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षिय अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार भारत महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने २७ वर्षिय राहुल भिट्टिहाल बाडलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुमाथी शंका लागि शरीर तथा स्कुटर समेतको खानतलासी गर्दा निजहरुले आफ्नो शरीरको बिभिन्न भागमा लुकाई छिपाई राखि ल्याईएको बिल बिजक नभएको अबैध भन्सार छलिका सुन बिस्कुटको आकारको ८ थान तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

आजको बजार भाउ अनुसार ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया बराबरको सुन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरिक्षक बिश्वराज खडकाले जनाकारी दिनुभयो । सुन सहित अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।